९ आश्विन २०८१, बुधबार

राष्ट्रिय

जुनिचाँदे गाउपालिका जाजरकोटमा म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरियकाे छ

जुनिचाँदे गाउपालिका जाजरकोटमा म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरियकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । जुनिचाँदे गाउँ पालिका ले बजार अनुगमन गरि  म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरेकाे छ । साेमबार गाउपालिकाकाे वडा नं. ३मा पर्ने सानाखाेला बजार अनुगमन गरि म्याद नाघेका खाद्य तथा अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरियकाे हाे , वडा अध्यक्ष जय बहादुर खड्का को नेतृत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर शाहि तथा मजकोट प्रहरी चौकिको टाेलिले सानाखाेला बजार अनुगमन गरि अनुगमनका क्रममा भेटिएका म्याद नाघेका तेल , बिस्कुट , चाउचाउ ,जिरा ,मिट मसला र खाद्य बस्तुहरु बरामद गरि नस्ट गरेकाे हाे। पालिका अन्तर्गतका सबै वडाहरुमा रहेका पसलहरुमा समेत म्याद नाघेका सामानहरु नराख्न सुचना समेत गरियकाे छ र अनुगमनका क्रममा सामान भेटियमा कार्वाही समेत गरिने पालिकाले बतायकाे छ । जुनिचाँदे गाउपालिका जाजरकोट जिल्लाको बिकट क्षेत्रमा पर्ने स्थानीय तह हाे। ...
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...
जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

Breaking News, मनाेरन्जन, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् । चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।...
विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ : शक्ति बस्नेत

विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ : शक्ति बस्नेत

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटद्वारा अर्थमन्त्रि सिंहलाई ९ बुदे माग पत्र पेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटद्वारा अर्थमन्त्रि सिंहलाई ९ बुदे माग पत्र पेश

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोट जिल्ला संगठन समितिले कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहलाईलाई ९ बुदे माग पत्र पेस गरेकाे छ । शनिबार जाजरकोट अर्थ मन्त्रीको निवासमा पुगेर माग पत्र बुझाएको जिल्ला पार्टी  संयोजक हिमालले बताय । संयोजक हिमालद्वारा हस्ताक्षरित माग पत्रमा  जिल्ला अन्तर्गतका दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका ठाउहरुमा बाटाे , खानेपानि ,सिचाइ, सहिद स्मृति भवन, स्वास्थ्य र शिक्षाकाे क्षेत्रमा बजेटकाे ब्यवस्थापन गर्न भनियकाे छ । मागपत्र यस्ताे छ :  ...
अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको भेला प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको भेला प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
मकवानपुर ।अखिल(क्रान्तिकारी) मकवानपुर जिल्लाकाे एकता भेला तथा प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न भएकाे छ। शुक्रबार सम्पन्न भेला मकवानपुर जिल्लाकी संयाेजक सन्ध्या देवकाेटाकाे अध्यक्षतामा भइकाे थियाे, कार्यक्रममा अखिल(क्रान्तिकारी)की केन्द्रिय सह-संयाेजक तथा वागमती प्रदेश इन्चार्ज शिलु न्याैपानेकाे प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मकवानपुर जिल्ला इन्चार्ज गगनकाे विशेष आतिथ्यता तथा, अखिल(क्रान्तिकारी)का वागमती प्रदेश संयाेजक उषा किरण "आजाद", मकवानपुर जिल्ला कार्यलय सदस्य शक्ति , जवस फ्याक्सन इन्चार्ज प्रल्हाद गाैतम,अखिल(क्रान्तिकारी) उपत्यका पश्चिम कमान्डर सह-संयोजक विकल्प खत्रि लगायत अन्य जिल्लाका नेताहरुकाे समेत उपस्थितमा उक्त जिल्लाकाे भेला तथा प्रशिक्षण सम्पन्न भएकाे हाे । भेलाले सन्ध्या देवकाेटाकाे संयाेजक र प्रशान्त दाहाल सह-संयाेजक सहित २१ सदस्य जिल्ला सम...
केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।गैरआवासीय नेपाली संघ अमेरीकाको आर्थिक सहयोग र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा जाजरकोटका ३ सय ३२ विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला लगाएतका पढाइमा सहयोग पुग्ने सामाग्रीहरु सहयोग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जनक केसीको प्रस्ताव र पहलमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत एनआरएन अमेरीकाले उपलव्ध गराएको आर्थिक सहयोगले व्यवस्था गरिएको किताव कापी वोक्ने झोला, विद्यालय पोषाक र कापी कलम शुक्रवार खलंगामा आयोजित एक विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राविमा आयोजना गरिएको विशेष कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले स्कुले वालवालिकाहरुलाइ कापी कलम राखिएको झोला वोकाउदै विद्यालय पो...
व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रारम्भ :बैज्ञानिक , व्यवहारिक र व्यावसायिक शिक्षा प्राप्तिका लागि नयाँ आन्दोलन, छिमेकी देशहरू आज संसदीय अभ्यासमा भएपनि शैक्षिक क्षेत्रमा हेर्नेहाे भने केही उचाइ लिएकाे देखिन्छ ,यता हाम्रो देश नेपालमा S.E.E र +2 अध्यापन गरेका धेरै बिद्यार्थीहरुकाे अवस्था हेर्नेहाे भने साधारण निवेदन लेख्न नसक्ने अवस्थामा देखिन्छ ।याे दुखद कुरा हाे ,मैले याे विषयमा उल्लेख गर्दा बिद्यार्थी भाइ बहिनिहरुकाे आलोचना गर्नमात्र खाेजेकाे हाेईन अलि मिहेनती र लगनशीलता हुनुपर्छ भनेकाे हाे । विगत फर्केर हेर्दा पनि सन १९६०काे दशकमा बहुउद्देश्यीय विद्यालयहरु स्थापना भई विद्यालयहरूमा व्यावसायिक शिक्षाको थालनी भएपनि लामो समयसम्म प्रभावकारी तवरबाट सञ्चालनमा आउन नसकेको इतिहास छ । २०२८सालमा नयाँ शिक्षा प्रणाली सुरु भई माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्तीमा एउटा विषय व्यावसायिक शिक्षा अध्यापन गर्ने गराउने भनियो तर परिनाम मु...
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय । वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त...
अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) चितवन जिल्लाकाे एकता भेला,प्रशिक्षण र बैठक सम्पन्न भयकाे छ । बुधबार चितवनकाे सप्तगन्डकी बहुमुखी क्याम्पसमा सविन खड्काकाे संयाेजकत्वमा ३५ सदस्य  जिल्ला संगठन समिति निर्वाचित भयकाे हाे । भेलामा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रिय संयाेजक मिलन राइ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज ध्रुव रावल, अखिल(क्रान्तिकारी) केन्द्रिय सह-संयाेजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्याैपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टि चितवन जिल्ला सह-संयाेजक दुर्गा सुवेदी, अखिल(क्रान्तिकारी) वागमती प्रदेश संयाेजक उषाकिरण "आजात", धादिङ जिल्ला संयाेजक बद्रि,अखिल(क्रान्तिकारी) सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्डका सह- संयोजक विकल्प खत्रि लगायतका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे। भेला सानदार रुपमा सम्पन्न भएकाे नव निर...