११ श्रावण २०८१, शनिबार

भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे

काठमाडौं :डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो  उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई क्रन्तिकारी युवा संगठन नेपाल प्रदेश नम्बर ७ समितिले कालोमोसो दलि चप्पलकाे माला लगाएर जनकारबाही गरेको छ ।स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव  जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ ।
क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरुप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनी नसुध्रीय भौतिक जनकारबाही गर्न बाध्य हुने संगठनका एक सदस्यले जानकारी दिय।

पछिललो समयमा स्थानिय, प्रदेश र संघिय योजना वा कुनै कर्मचारी बढुवा, सरुवा र भर्नामा आर्थिक चलखेल ब्यापक हुने गरेको जनगुनासो बढदै गएको छ । स्थानिय र प्रदेश सरकारका प्रतिनिधि भ्रष्टचार र आर्थिक अनियमितता भएको र गरेको ब्यक्ति वा संस्थालाई कारबाही गर्नुको साटो उल्टै कमिशन असुल्ने गरेको आरोप लाग्दै आएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालीको सहायक संगठन क्रान्तिकारी युवाले संगठन नेपालले  सातै वटा प्रदेशहरुमा भ्रष्टाचार , कमिसन रआर्थिक हिनामिना गरेकाे  ठाउँमा कडा निगरानी गर्दै आईरहेकाे छ ,त्यस्तो भेटियकाे खण्डमा पहिलाे चेतावनी स्वरुप जन कार्वाही गर्ने गरेकाे संगठनका केन्द्रीय सदस्य पदम हमालले तुफान न्यज डटकमलाइ बताय।