२८ पुष २०८२, सोमबार

शिक्षा

शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं।  प्रस्तावित बिद्यालय शिक्षा विधेयक जन बिपरित भयकाे भन्दै साे बिधेयक पत्र जलाउने क्रममा सिंहदबारको गेटबाट अखिल ( क्रान्तिकारी) का नेताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ । मंगलबार दिउसाे सिंहदरबार दक्षिण गेट मा उक्त बिधेयक पत्र जलाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीका बिद्यार्थी नेता उषाकिरण "आजाद" , हरि विष्ट , राजन साउद र राहुल विकलाई प्रहरीले  गिरफ्तार गरेको हाे। नेपाल सरकार ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा प्रस्तावित विद्यालय शिक्षा विधेयक जनबिपरित भयकाे भन्दै शिक्षक महासंघ लगायन विभिन्न पार्टीका संगठन हरुले बिज्ञप्ति समेत जारि गरि बिराेध जनायका छन ।...
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितीद्धारा आयोजित महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानोदय माध्यामिक विद्यालय प्रथम, जनकल्याण माध्यामिक विद्यालय दोस्रो, विश्वनिकेतन माध्यामिक विद्यालय तेस्रो र जुद्धोद्धय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रमका प्रमुख अथिती तथा अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले यो देशका हरेक विद्यार्थीहरु भित्र केहिन केही प्रतिभा हुँने गरेको बताउदैं उनले बर्तमान शिक्षा प्रणाली र मुल्यांकन प्रणालीले विद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन गर्न नसकेको बताए । साथै उनले यस्ता खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुको आधारभुत रुपमै भएपनी थप क्षमता अभिबृद्धिको लागी मदत ...
शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’ यस्तो छ महासंघको विज्ञप्ति : ...
राजनीतिमा ‘सुवास’ छर्दै नेम्वाङको महाप्रस्थान

राजनीतिमा ‘सुवास’ छर्दै नेम्वाङको महाप्रस्थान

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोल...
ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
सुर्खेत । सुचना संचार र प्रविधि मैत्री संगठन निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । सनिवार आई सि टि फाेरम नेपाल कर्णाली प्रदेशको आयाेजनामा भयकाे कार्यक्रममा सुन्दर र समृद्ध कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र पाटी प्रदेश इन्चार्ज मातृका यादव,अध्यक्ष बिमला केसी काे बिशेष उपस्थितिमा बिभिन्न बिभाग हरु गठन गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे हाे । बिभिन्न जिल्ला हरुबाट आईसिटि मा आबद्ध सदस्य हरुकाे सहभागी रहेकाे थियाे । भाैतिक मल्लकाे संयोजकत्वमा कर्णाली प्रदेशमा उक्त फाेरम निर्माण भयकाे छ । आजकाे प्रविधियुक्त समाजमा कर्णालीकाे समग्र राजनैतिक भुगाेललाई  फराकिलो बनाउनका लागि यश संगठनले महत्त्वपूर्ण भुमिका खेल्ने बिस्वाश संयोजक मल्लले सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन ।...
जाजरकोट,कुशे गाउपालिका देशकै पहिलो आधारभूत निशुल्क तथा शान्ति क्षेत्र घाेषणा

जाजरकोट,कुशे गाउपालिका देशकै पहिलो आधारभूत निशुल्क तथा शान्ति क्षेत्र घाेषणा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट। जिल्लाको कुशे गाँउपालिकालाई देशकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि कुशेवासीलाई बधाई तथा शुभकामना दिए । अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ । कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहुँचमा आएका छन् । प्रारम्भिक बालविकास देखी कक्...
अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल नेपाल शिक्षक संगठनले दिवंगत हुनुभयका संगठनका तत्कालीन  केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका अर्थ उप महासचिव शेर बहादुर अधिकारी लाई मरणाेपरान्त सम्मान पत्र प्रदान गरेकाे छ । संगठनकाे  काठमाडौंमा भयकाे साताै राष्ट्रिय सम्मेलनमा अधिकारी कि छाेरी शाेभा अधिकारी लाई उक्त सम्मान पत्र हस्तान्तरण गरियकाे थियाे । शेर बहादुर अधिकारी पेशाले शिक्षक थिय, लाेक गायक, संगितकार , कवि, नाटककार , प्रगतिशील लेखक पनि थिय । २०५२/चैत १२ गते देखि रेडियो नेपालमा स्वर परिक्षामा पास भयका अधिकारीका दुई दर्जन भन्दा बढि गितहरु रेकर्ड भयका छन । भने जाजरकोट चिनारी ,जाजरकोट स्थानीय भाषा र स्तरिय नेपाली बिचकाे व्यत्तिरेखि विश्लेषण,जाजरकोटि लाेक साहित्य (गित,नृत्य र स्रष्टा चिनारी ),शेर बहादुर अधिकारीका रचनाहरु( कथा,नाटक र निबन्ध ),विश्रृङखलित सपनाहरु(कविता संग्रह ) विभिन्न पत्रपत्रिका हरुमा लेख रचना ह...
अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको थियाे। संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका  अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीकाे प्रमुख आतिथ्यता र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो । अखिल नेपाल शिक्षक संगठनको सम्मेलनकाे बन्ध सत्र र समापन आज हुने बताईयकाे छ ।संगठनको केन्द्रीय कमिटी र पदाधिकारी काे पनि आजै टुंगो लगाईने बताईयकाे छ। ...
अखिल क्रान्तिकारी सिन्धुपाल्चोक काे भेला सम्पन्न

अखिल क्रान्तिकारी सिन्धुपाल्चोक काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक ।अखिल(क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला  संगठन समितिकाे एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न भयकाे छ ।, बुधबार ,सिन्धुपाल्चोक जिल्लाकाे इर्खुमा सम्पन्न भेलामा अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला संगठन समितिका संयाेजन अर्पणा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह-संयाेजक तथा ३ नं. प्रदेश संगठन समितिका इन्चार्ज शिलु न्याैपानेकाे प्रमुख आतिथ्यता रहेको थियाे, भेला कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज संकल्पकाे विशेष आतिथ्यता रहेकाे थियाे भने, अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य तथा ३नं.प्रदेश संगठन समितिका संयाेजक उषाकिरन "आदाज", उपत्यका पश्चिम कमान्ड तथा ३नं. प्रदेश सह-संयाेजक शाेभा सेन्चुरी,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुपाल्चोक जिल्ला कार...
“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभूमि : शिक्षा देश विकासको लागि मेरुदण्ड अर्थात सक्षम जनशक्ति तयार पार्ने मुख्य विकासको पुर्वाधार मानिन्छ । विकसित मुलुकमा शिक्षालाइ प्रमुख प्राथमिकता दिइएको पाइन्छ । विद्यालय शिक्षाको केन्द्रविन्दु विद्यार्थी हो भने शैक्षिक नीति , ऐन र नियमावली कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । तसर्थ शिक्षक संग व्यापक छलफल तथा सहभागी विनाको कुनै पनि शैक्षिक नीति कार्यान्वयन गर्न कठिन भएकाले त्यो नीति अपुरो र अधुरो हुन्छ । विषय प्रवेश :-नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि विभिन्न ऐन कानुन बन्न सकेको छैन । लामो समय अर्थात ५२ वर्ष पछी मन्त्रीपरिषदले पास गरि संसदमा प्रवेश गर्ने तयारिमा रहेको ’विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदामा उल्लेख भएका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेका छन । यसको एउटा उदाहरण ...