३ आश्विन २०८१, बिहीबार

विज्ञान प्रबिधि

संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

Breaking News, विज्ञान प्रबिधि, शिक्षा, समाचार
६ मंसिर काठमाडौं ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो । ३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ । चर्चित कार्यक्रम (वहकिने मन )का प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्...
रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

Breaking News, चुनाव, निर्वाचन, विज्ञान प्रबिधि, समाचार
४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ । ...
दार्चुलामा संकास्पद बस्तु फेला ,नेपाली सेनाद्वारा डिस्पोज:

दार्चुलामा संकास्पद बस्तु फेला ,नेपाली सेनाद्वारा डिस्पोज:

Breaking News, निर्वाचन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
दार्चुलाको गोकुलेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। गोकुलेश्वर पुलमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित पुलमा बिहान २ बजे प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेका थियो। प्रेसर कुकरमा माटो र सिसा हालिएको थियो, स्थानीयलाई त्रसित पार्ने उदेश्यले निर्वाचन बहिष्कार गर्ने समूहले त्यो राखेको हुन सक्छ,’ उनले भने।  ...
कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
२ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ । सुचना हेर्नुहाेस : ...
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ  ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।  ...
कार्डियो भास्कुलर हाइब्रिड थिएटर, सिटीस्क्यान सेवा नेपालमा पनि सुचारु ।

कार्डियो भास्कुलर हाइब्रिड थिएटर, सिटीस्क्यान सेवा नेपालमा पनि सुचारु ।

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
२४ कात्तिक, काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’ के हो त थिएटर ? उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो । प्रा डा श्रेष्ठल...
डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...
नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी

नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
       नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी छ। २.६ किलोमिटर लम्बाइको सुरुङमार्ग १.६ किलोमिटर खनिएको हो। नागढुंगा सुरुङ निर्माण आयोजनाका अनुसार सुरुङ खन्ने कुल काममध्ये ६७.३० प्रतिशत काम सम्पन्न भएको छ। इमर्जेन्सीको रुपमा प्रयोग गर्न सकिने मुख्य सुरुङमार्गको समानान्तार सुरुङको काम १८ सय ६० मिटर खनिएको छ।यसको कुल लम्बाइ २५ सय ५७ मिटर छ। मुख्य सुरुङ र समानान्तर सुरुङबीच जोड्ने क्रस प्यासेजको निर्माण ७४ मिटर पूरा भएको छ।सुरुङ खन्नेसँगै कंक्रिट लाइनिङ आवश्यक हुन्छ। जसको ८३६ मिटर मात्रै काम सम्पन्न भएको छ। निर्माण पूरा भएका संरचनामा ३ वटा अन्डरपास, एक वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भएका छन्। फ्लाई ओभरको कामको जग्गा अधिग्रहण अझै हुन सकेको छैन। हालसम्म ८५ प्रतिशत मात्रै जग्गा अधिग्रहणको काम सकिएको छ।...
तान्जानियाको भिक्टोरिया  तालमा  विमान, खस्दा १९ जनाको मृत्यु

तान्जानियाको भिक्टोरिया तालमा विमान, खस्दा १९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२१ कात्तिक, काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।...
हुम्लामा  हेलिकप्टरबाट  पुग्यो मतपत्र ।

हुम्लामा हेलिकप्टरबाट पुग्यो मतपत्र ।

निर्वाचन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए । २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।...