२ कार्तिक २०८१, शुक्रबार

जाजरकोट भिरबाट लडेर घाईते भयका बिरामिलाई हेलिकप्टरबाट उद्धार

जाजरकोट ।जिल्लाको कुशे गाउँपालिकामा भीर बाट खसेर घाइते भएका एक जना युवकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

गाउँपालिकाको वडा नं ७का काली बहादुर सिंहका छाेरा वर्ष २२ का महेन्द्र सिंहको उद्दार गरिएको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिय । अध्यक्ष बस्नेतका अनुसार सोमबार अपरान्ह ४ बजेको समयमा घाँस काट्न गएका सिंह भीर बाट खसेका थिए ।

परिवारले खोसतलास गर्दा नभेटिएपछि मंगलबार घाइते अवस्थामा भेटिएका अध्यक्ष बस्नेतले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ । जिल्लाको बिकट भुभागमा रहेकाे कुशे गाउँपालिकामा बिगत देखि अफ्ट्यारोमा परेका र जटिल अवस्था का बिरामिहरुलाई गाउँ पालिकाले पहल गरि हेलिकप्टरद्वारा सुर्खेत र नेपालगंज सम्मका लागि उद्धार गर्दै आईरहेकाे छ ।