२३ भाद्र २०८१, आईतवार

जिल्ला अस्पताल जाजरकोटमा थाईराइड उपचार सेवा सुरु

जाजरकोट ।जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् ।

अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा.भारतीले बताईन् ।

जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेका विरामीहरु निकै खुशी भएका भएका छन् । ५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए ।

हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आवश्यक तयारी भईरहेको अध्यक्ष सिंहले बताए । थाइराइडको सेवा हरेक मंगलबार र विहीबार सुचारु हुनेछ । धेरै विरामीहरु आए सेवा प्रवाहका दिनहरु थपिने अध्यक्ष सिंहले बताए ।