१४ श्रावण २०८२, बुधबार

विज्ञान प्रबिधि

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।...
२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब केही समयपछि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । परिक्षा नियन्त्रक भट्टका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा कहाँ हेर्ने:...
कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।स्थानीय एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन माध्यमसँग सहकार्य गर्दै नागरिक हितका कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने उल्लेख पालिकाको नीति कार्यक्रममा गरिएको छ। गाउँपालिकाले सञ्चार नीति २०८२ तयार पारी स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सशक्त र परिणाममुखी बनाउने योजना सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि तथा समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चार माध्यमहरूसँग साझेदारी गरिने जनाइएको छ। यस्तै, पालिकाले सूचना प्रवाहमा संलग्न माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाउने र विज्ञापन प्रणालीलाई व्यवस्थित र बाध्यकारी बनाउने नीति लिएको छ। यसले सञ्चारमाध्यमको दिगो सञ...
छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट : छेडागाड नगरपालिकाको १८ औं नगर सभा तथा ९ औं बजेट अधिबेशन सुरु भएको छ।सभाले ६५ बर्ष भन्दा माथिका बिदुर नागरिकलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिने बताइएको छ । साथै सभाले आर्थिक बर्ष २०८२/०८३काे बजेटमा शिक्षा ,स्वास्थ्य, खानेपानी र कृषिमा प्राथमिकता दिने बताएको छ । "समृद्ध छेडागाड हाम्रो भबिष्य" भन्ने मुल नाराका साथ छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट अधिबेशन जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ती बालेर उदघाटन गरेका थिय । नगर पालिकाको कृषि सभाहलमा उदघाटन भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले गरेका छन  । कार्यक्रमका अतिथिहरुलाई स्वागत मन्तव्य द्वारा स्वागत नगर उपप्रमुख चन्द्र बहादुर थापाले गर्नुका साथै आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।अन्य अतिथिहरुमा नेकप...
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मनाेरन्जन, विचार, विज्ञान प्रबिधि, शिक्षा
हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ? मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका । केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ ! बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर ...
दैलेखकाे जलजलेमा प्राकृतिक ग्यास रहेको पुष्टि, करिब ५० बर्ष सम्म पुग्ने अनुमान

दैलेखकाे जलजलेमा प्राकृतिक ग्यास रहेको पुष्टि, करिब ५० बर्ष सम्म पुग्ने अनुमान

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
दैलेख :चिनिया टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिए पछि थप उत्साह पैदा भयकाे छ । लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँग जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ । अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायीहरु बताउछन। लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने देखिन्छ। उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बतायका छन् । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबा...
फेसबुकमा भावुक स्टाटस् छाेडेर बेपत्ता भयका डा. श्रेष्ठ बालाजुमा भेटिए

फेसबुकमा भावुक स्टाटस् छाेडेर बेपत्ता भयका डा. श्रेष्ठ बालाजुमा भेटिए

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठ बालाजुमा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही बेरअघि उनी बालाजुमा भेटिएका हुन् । परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार श्रेष्ठलाई परिवारको जिम्मा लगाइँदैछ । डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा 'अलबिदा' लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् । २५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् । सिस्टममा नबसेका कर्मचारीलाई कारबाही...
भानु नगरपालिका तनहुँमा एक्सरेद्वारा छातिराेग सम्बन्धि स्वास्थ्य शिविर सम्पन

भानु नगरपालिका तनहुँमा एक्सरेद्वारा छातिराेग सम्बन्धि स्वास्थ्य शिविर सम्पन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
तनहुँ : भानु नगरपालिका तनहुँमा एक्सरेद्वारा छाती राेग सम्बन्धि स्वास्थ्य शिविर सम्पन ।भानु नगरपालिकाे स्वास्थ्य शाखाकाे आयोजना तथा क्षयरोग केन्द्र गण्डकी प्रदेश र स्वास्थ्य कार्यलय तनहुँ को समन्वयमा भानु नगरपालिका वडा नं १ मा ए-आर्ई एक्स रे को प्रयोग द्वारा छाति रोग सम्वन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको हाे । गत जेठ २१ गते सम्पन्न कार्यक्रमबाट ३ जना क्षयरोगका बिरामी पत्ता लागेका छन भने संकास्पत थप १४ जनाको जिन एक्सपट परिक्षण गर्न क्षयरोग केन्द्र पठार्ईएको स्वास्थ्य शाखाले जनायकाे छ ।उक्त शिविरबाट करिब ३७५ जनाले एक्स-रे मार्फत स्वास्थ्य परिक्षण गरेकाे स्वास्थ्य शाखाले जानकार गराएको छ।...
अहमदाबादमा दुर्घटनाग्रस्त एयर ईन्डियाकाे बिमानमा २४१ जना सवार थिय

अहमदाबादमा दुर्घटनाग्रस्त एयर ईन्डियाकाे बिमानमा २४१ जना सवार थिय

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 दिल्ली :एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्...