४ बैशाख २०८३, शुक्रबार

विज्ञान प्रबिधि

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन र २१ गतेदेखि विद्यालयहरुमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो । केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ । यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना चलाउँथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएकामा अबदेखि सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक...
वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौं : काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहोर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख...
राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं :राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ। सरकारको सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता हुने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन्। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गरेकी थिइन्। राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। आजको बैठकमा समितिकी सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको...
जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

राजनीति, विचार, विज्ञान प्रबिधि, शिक्षा
प्रारम्भ ✍️ ✍️"जेन–जेड’ नवयुवाहरुको आह्वानमा भएको गत भदौं २३ गतेको जनबिद्रोह र २४ गतेको जनप्रतिरोधले नेपालको दलाल पुँजीवादी सत्तालाई केहि घण्टा यसरी थर्थरी काँप्ने बनायो कि सुशासन सम्बन्धि नेपाली जनताको बर्षौको सपना पुरा हुने आम अपेक्षा सडकमा आल्हादित भएर पोखियो । चर्चा थियो– अब भ्रष्टाचारीहरुका दिन गए, एक–एक गरेर भ्रष्टाचारीहरुलाई जेलमा कोच्नुपर्छ, नेताहरुका घर त जले कर्मचारी र बिचौलियाहरु बाँकि नै रहे, पटक–पटक सत्तामा पुगेर लुटपाट गरेका फलाना अमुक पार्टीहरुलाई त प्रतिबन्ध नै लाउनु पर्छ आदि, इत्यादि आक्रोसले सडक आगो भईरहेको थियो । ठुला भनिएका कैयौं नेताहरुको घरमा जब पैशाका बिटाहरु जलेर खरानी भए, हावामा पैशा उडाईए, घर ध्वस्त पारीए संभवतः हरेक पार्टीमा अलिकति स्वाभिमानकासाथ बाँचेका, पार्टीमा आर्थिक पारदर्शिताका वारे निरन्तर लडेर हैरान भएका, आफुले भ्रष्टाचार ग...
काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

काठमाडौंबाट पाेखरा उडेको बुद्धएयरकाे विमानमा चरा ठाेक्कियाे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । काठमाडौंबाट पाेखराका लागि उडान रहेकाे विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा उक्त  जहाजसँग चरा ठोक्किएको हो । बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।जहाजमा उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।...
जाजरकोटकाे आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपेमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन

जाजरकोटकाे आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपेमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका–१ पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) संचालन भयकाे छ । आइतबार भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले विधिवद रुपमा सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरेका  थिए।जाजरकोट भुकम्प पश्चात विभिन्न विकास साँझेदार निकायहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनमा आवश्यक जनशक्तिसंगै उपकरणहरुको व्यवस्थापन गरेर सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरिएको थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नगरप्रमुख घर्तीले पानसमा बत्ति बाल्नुको साथै रिवन काटेर, व्यानर पढेर सुरक्षित प्रसुति सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेका थिए । देश संघीयतामा गैसकेपछि पालमुनीबाट सेवा...
मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए। ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’ नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।...
ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो । यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो । रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्...
स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउपालिका - २ टालेगाउ स्वास्थ्य चाैकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियाे एक्सरे) सेवा संचालनमा ल्यायकाे छ। स्वास्थ्य चौकी टालेगाउमा कुशे- १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (ROUSG) भिडियो एक्सरे सेवा वडा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गरि सो सेवा नियमित रूपमा सुचारु भएको समेत सेवाग्राहिहरुलाई जानकारी गरायका छन । केयर नेपालकाे आर्थिक सहयाेग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चाैकि टालेगाउकाे समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकाे टालेगाउ स्वस्थ्य चाैकिका प्रमुख शेर बहादुर बस्नेतले बताउनु भयाे ।  ...