२० मंसिर २०८२, शनिबार

विचार

फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
- जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि: चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको पत्रकारीतामा म भने २०५७÷ ५८ साल देखि विस्तारै सहभागि हुन पुगेँ ।काठमाडौं र नेपागन्जसंग उति वेला सहज र उन्नत सम्वन्ध नभएका कारण जाजरकोटको पत्रकारीतामा सहजताको सम्भावना सुन्य जस्तै थियो । काठमाडौंमा छापिएका पत्रपत्रिकाहरु ६ महिना एक वर्ष पछि सदरमुकाम खलंगामा पुग्ने मात्र होइन श्रोत साधनको अभावले जिल्लामै पत्रपत्रिकाको छपाइ पनि गाह्रै काम थियो । उति वेला कसैले हातैले काजगमा केहि रचना र लेख लेखेर कतै देखायो भने पनि अचम्म लाग्ने अवस्था थियो । उ वेलाका जाजरकोटी युवाहरु अमर शाह, दिलिप शाह, राजेस्वर कार्की र मधुकर शाहले निकै प्रतिकुल स...
दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
सामान्य परिचय : दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । १.द्वन्द्ववाद के हो ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अध...
प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।...
कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
भेरि नगरपालिका जाजरकोटले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्याे

भेरि नगरपालिका जाजरकोटले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्याे

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट ।जाजरकोटको भेरी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ  ।  जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ।पालिकाको परिचय, साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८) को “भेरी नगरपालिकाको परिचय” नामक पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए । स्थानीय आवश्यकताका विषयवस्तु यहाँका नागरिकको अपनत्व हुने गरी परिवार, समाज, चाडपर्व, भेषभुषा लगायतका स्थानीय ज्ञान समेटेर स्थानीय पाठ्यक्रम निर्म...
चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

राजनीति, विगन्यूज, विचार
पृष्ठभूमि : - सैनिक नियमअनुसार कुनै पनि टुकडीले आफ्नो गन्तव्यका क्रममा बाटो हरायो भने ऊ जुन चौबाटो, दोबाटो वा बिन्दुबाट हराएको हो त्यहाँ फर्कनुपर्दछ । हाम्रो महान् जनयुद्धको यात्रा आज बाटो बिराएको सैनिक टुकडी भएको छ । तारेभीरमा फसेजस्तै भएको छ माओवादी पार्टी विभाजनका करिब आधा दर्जन चिरामा छिन्नभिन्न भइसकेको छ । अझै संवेदनशील कुरा के भने माओवादी आन्दोलन व्यक्ति-व्यक्तिमा विभाजित हुँदैछ । जनता, सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरू र पार्टीका बीचमा अन्तरविरोध छ । कार्यकर्ता र नेतृत्वबीच अन्तरविरोध छ । नेता र नीतिबीच अन्तरबिरोध छ । माओवादी आन्दोलन एजेन्डाविहीन हुँदैछ । यो जटिलताबाट गुजनुपर्दा इमानदार कार्यकर्ताहरु क्रमशः पार्टी र आन्दोलनबाटै पलायन भइरहेका छन् । क्रान्तिकारी प्रवृत्ति र पङ्क्ति एकपछि अर्को कमजोर बन्दै गइरहेको छ । त्यसको दुष्परिणाम के भएको छ भने आन्दोलनभित्र विभिन्नखाले गलत...
नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले कालाे ब्यानर सहित अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही ,उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिव प्रकाश ,कार्यलय सदस्य अटल , केन्द्रीय सचिवालय -सदस्य लाेकेश जाेशी,अनिल, तारा,डि बि,केन्द्रीय सदस्य हष्त ,बजिर,समीर, आदेश र चेतन  सहितका  विद्यार्थी नेताहरू रहेका छन् । हाल उनिहरुलाई सिंहदरबार परिसर प्रहरी वृत्त अनामनगरमा राखियकाे छ ।...
सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री  दाहाल

सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’ त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रेस वक्तव्यमार्फत् हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका छन। २८ जेठमा जारी प्रेस वक्तव्यमार्फत् २०८० जेठ २३ गतेदेखि २६ गतेसम्म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सचिवालयको पहिलो बैठकमा लिइएका आवश्यक तथा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका हुन । सात बुँदामा सार्वजनिक गरिएको निर्णयहरुमा केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णयदेखि कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बा...
बिद्यार्थी दमन बिरुद्ध,अखिल(क्रान्तिकारी)ले,लगायाे अनिश्चितकालीन तालाबन्दी

बिद्यार्थी दमन बिरुद्ध,अखिल(क्रान्तिकारी)ले,लगायाे अनिश्चितकालीन तालाबन्दी

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) लाई प्रहरीले दमन गर्दा समेत राेकिएन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन स्थित बाल उद्धार माध्यामिक विद्यालयका कक्षा १० मा अध्यानरत विद्यार्थी अनिश लामिछानेलाई उदय राज कार्की,सौरब गौतम र रोसन कार्की ३ जना शिक्षक मिलि निर्घात रुपमा कुटपिट गरेको बिषयमा बुझ्न जाँदा अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम ऐडी र विद्यार्थी नेता मिलन बुढालाई प्रहरीले गिरफ्तार गरेको थियो । उक्त अपराधिक घटनामा संलग्नलाई कारबाही गरेर पिडित विद्यार्थीलाई न्याय दिनुको साटो विद्यार्थीको पक्षमा न्यायपर्ण आवाज वुलन्द गर्ने विद्यार्थी नेताहरुको गिरफ्तार गर्ने कुरा प्रति गम्भीर आपत्ति जनाए पछि प्रहरीले साझ झन्डै ७ घण्टा पछि छाड्न बाध्य भएको थियो । उनिहरु रिहा भए लगत्तै आज उक्त पिडित विद्यार्थी...