प्रा. डा. दयाराम श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान प्रदान गरिने
जयराम बिडारी
नेपाली उपन्यासमा सर्वप्रथम मदनपुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा यस वर्ष प्रदान गरिने ' लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार ' नेपाली भाषामा वि. सं. २०३० सालदेखि नै प्राध्यापन, अनुसन्धान तथा नेपाली भाषाको उन्नयन र विकासमा विभिन्न ओहदामा रहेर उल्लेखनीय सेवा गर्दै आउनुभएका प्रा . डा . दयाराम श्रेष्ठज्यूलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा जानकारी गराइएको छ ।
धनकुटा जिल्लाको सिरान बजार हाल बल्खु काठमाडौमा बस्नुहुने श्री दयाराम श्रेष्ठज्यूले २०२७ सालमा त्रि. वि. वि.बाट नेपालीमा एम.ए. गर्नुभइ २०३९ मा त्रि. वि.वि.बाटै विद्यावारिधि गर्नुभइ प्राध्यापक, अतिथि प्राध्यापक हुँदै विभिन्न समिति ,आयोगमा रहनुभइ विभिन्न अनुसन्धान कार्यमा समेत संलग्न रहेर नेपाल...









