४ कार्तिक २०८२, मंगलवार

मनाेरन्जन

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...
विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोट खलंगामा दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ । आइतबार भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’ अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम त...
दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

मनाेरन्जन, समाचार
काठमाडौं । बिभिन्न समयमा कार्यक्रमहरु गर्दे आएको एक्टिभ म्युजिक प्रा.लि.ले गत बर्ष बाट शुरु गरेको कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड लाई यो बर्ष पनि निरन्तरता दिदै दोस्रो श्रृंखला अन्तरगत दोस्रो कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड — २०२५ गर्ने घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको छ । एक्टिभ म्युजिक प्रा.लि.ल यस बर्षको लागि आवेदन दिएकाहरु मध्य बाट २२ बिधामा सर्वोत्कृष्ट पाँच घोषणा अनलाईन माध्यमबाटै गर्ने भएको हो । संस्थाका प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेका अनुसार पछिल्लो समय बिकसित परिस्थितिलाई मध्य नजर गर्दै भौतिक रुपमा कार्यक्रम गर्नु भन्दा अनलाईन बाट सार्वजानिक गर्दा अझ प्रंभावकारी बन्ने भएकोले यसपालिको कार्यक्रमको मोडालिटी चेन्ज गरेको बताउनु भयो । दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५को २२ बिधामा सर्वोतकृष्ट पाँच निम्नानुसार रहेको छ । सर्वोत्कृष्ट आधुनिक गित गायक १.रुपक ...
लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

कविता, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने विद्यार्थी आफैँले पत्ता लगाएको बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम हो, यो नितान्त साधना हो भन्ने तर्क गरे । उनले शब्द र जीवनको सङ्केत हो साहित्य भन्ने निष्कर्ष प्रस्तुत गरे । कार्यक्रममा मदनलाल पौडेलको ुमृत्युले मुसारेको मानिसु परिचर्चा गर्दै मूर्धन्य साहित्यकार महेश प्रसाईले साङ्गोपाङ्ग शल्यक्रिया गरे । पुस्तकभित्रका अनेक घटना परिघटनाहरूलाई पनि उनले उधिने । कृतिकार मदनलाल पौडेलले पुस्तकभित्रका केही परिघटना रोचक रूपले पस्किए । विभिन्न श्रव्यदृश्य माध्यमकी कार्यक्रम प्रस्तोता सुष्मी कँडेलले उदीयमान नियात्राकार राजेन्द्र...
रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

मनाेरन्जन, समाचार
कठमाडौं । रेखा पोख्रेलको स्वरमा“लान्छ क्या हो पिरैले” बोलको गीत सार्वजनिक भएको छ। सुनिल परियारको संगीत तथा संयोजनमा गीत तयार भएको हो। विक्रम बावु विश्वकर्माको शब्द रहेको गीत परियारकै युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो। मन छुने शब्द संगै भाका निर्माण भइ बजारमा आएको छ। गीत सुजन सुर्खेतीको छायांकनमा जनता डिजिटलको सम्पादन छ। सुनिल परियारको संगीत संयोजनमा डाडैको टुनि, रुकुमको, बैनी झ्यालैमा गीत चर्चित छन्। पुरा भिडियोः https://youtu.be/-Jz_YWOe5zw?t=437...
अनिश दवाडीको शब्द लयमा खेम सेन्चुरी देवि घर्तीको यो दुनिया त ..

अनिश दवाडीको शब्द लयमा खेम सेन्चुरी देवि घर्तीको यो दुनिया त ..

मनाेरन्जन, समाचार
फागुन-२५। लोक दोहोरीमा एक क्षेत्र चर्चा कमाइरहेका खेम सेन्चुरी र देवि घर्तिको "यो दुनिया त बेग्लै रहेछ" बोलको गीत बजारमा आएको छ। गीतलाइ लोकप्रिय सर्जक अनिश दवाडीले शब्द लय गरेका हुन्। दवाडी गीत संगीत क्षेत्रमा एक अबब्ल सर्जकको रुपमा छन्। उनका गीत लगभग जसो चर्चामै छन्। मिठा शब्द चयन संगै मनमोहक भाका भरेर गीत बनिरहेका हुन्छन् दवाडीका। यस्तै यतिबेला गीतले चर्चा कमाउन थालिसकेको छ। टिकटक देखि युटुवसम्म गाना घन्किरहेको छ। बिनोद बाजुरालीको अडियो एरेन्जमा भिडियो केशबराज भट्टले निर्देशन गरेका छन्। दिनेश पराजुलीको छायांकन, मोज कार्कीको सम्पादन भित्र जुना कार्की,कपिल, सोफिइले रुवाउने अभिनय दिएका छन्। पुरा भिडियो जेके फिल्मसवाट विश्वभर उपलब्ध छ। https://youtu.be/Lq0T6foynqg?t=33...
“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छन।"सबै महिला तथा बालिकाको लागि,अधिकार, समानता र सशक्तिकरण"! भन्ने मुल नाराका साथ बिश्वभर आज विभिन्न कार्यक्रम गरि नारी दिवस मनाउने चलन छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागीमा महिला हक अधिकार सशक्तीकरणको माग गर्दै जिल्लाको भेरि नगरपालिका वडा नम्बर -४ शान्तीचाैतारा बसपार्कदेखी वडा नम्बर- ३  नगरपालिकाकाे कार्यलय सम्म र्‍याली गरिएको थियो । जाजरकोटी महिलाहरुकाे पन्चेबाजा प्रस्तुति गरेर र्‍यालीकाे अगुवाइ गरियकाे थियाे । महिला र बालिकाको लागि :सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने उदेश्यका साथ प्रतेक बर्षकाे मार्च ८ मा नारी दिवस मनाउने गरिन्छ। सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यू...
महासचिव समरजंङ्गद्वारा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको शुभकामना ब्यक्त

महासचिव समरजंङ्गद्वारा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको शुभकामना ब्यक्त

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा शुभकामना ब्यक्त गरेका छन्। आज ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काे सन्दर्भमा एक प्रेस वक्तब्य मार्फत शुभकामना ब्यक्त गरेका हुन । महासचिव समरजंङगद्वारा हस्ताक्षरित जारी वक्तव्यमा भनिएकाे छ - "जनउत्तरदायी समाजवादी कम्युनिस्ट पार्टी नेपाल -नेपाल लगायत संसार भर न्यायका लागि लडिरहेका सामन्तवाद,नव ओैपनिवेसिक पुजीवाद दलाल संसदीय ब्यवस्थाबाट उत्पिडित सम्पुर्ण श्रमिक महिलाहरूलाई हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं । सबैखाले शाेषण,दमन,उत्पिडनका विरुद्ध वैज्ञानिक समाजवाद - साम्यवाद स्थापनाका लागि निरन्तर वर्गसंघर्षमा लामबद्ध भईरहन र वैज्ञानिक समाजवादी जनक्रान्तीकाे बाटाेमा अग्रसर हुन हार्दिक आह्वान गर्दछाै । समाजका श्रमिक -उत्पिडित वर्ग र विश...
खान्दोके सेलो भाकालाई गायक तथा संगीतकार कार्साङ लामाले बिगारे भन्दै चौतर्फी आलोचना

खान्दोके सेलो भाकालाई गायक तथा संगीतकार कार्साङ लामाले बिगारे भन्दै चौतर्फी आलोचना

मनाेरन्जन, समाचार
काठमाडौं । कुनैपनि देशलाई तहस नहस बनाउने हो भने त्यो देशको भाषा ,संस्कार,संस्कृति र शिक्षामा प्रहार गरेपुग्छ भन्ने मान्यता अनुसार पछिल्लो समय नेपालमा त्यसको व्यवहारिक कार्यन्वयन भईरहेको देखिन्छ । भाषा,संस्कार र संस्कृतिमाथि प्रहार गर्ने पहिलो अश्त्रको रुपमा गीत संगीतको प्रयोग भईरहेको आरोप लागिरहेको बेला गायक तथा संगीतकार कार्साङ लामा तामाङले आफ्नो निजि युटुव मार्फत सिन्धुपाल्चोक तिर चर्चित तामाङ भाका खान्दोके सेलोको रिमिक्स भर्जन सार्वजानिक गरे पछि यो बिषयमा सर्वत्र चर्चा र बहस हुन थालेको छ । नेपाली गीतसंगीतको बजारमा पुराना गीतहरुलाई रिमिक्स गर्ने चलन केही बर्ष अघि सम्म निक्कै ट्रेण्ड चलेको थियो । पुराना नचलेका गीतहरुलाई रिमिक्स भर्जन बनाएर बजारमा ल्याउँदा बजार राम्रैसंग तताउन सफल भए पछि गीतलाई रिमिक्स गर्नेहरुको संख्या निक्कै बढेको थियो । यो क्रम तामाङ गीतसंगीतको क्षेत्रमा पनि कुनै नौल...