काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ।
यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ। सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत “खेतला” सार्वजनिक भएको छ ।
यस गीतमा शब्द, संगीत सर्जक ढकालको रहेको छ भने ढकाल संगै ,माया दर्नाल ,दिपकला थापा ‘रिम्पल’, कृष्ण लामिछानेको स्वर रहेको छ।
लक्ष्मण श्रेष्ठको निर्देशन रहेको गीतमा मारुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिनोद ढकाल,सुशीला निरौला (बिमली) गणेश एसी (क्वाके) रोमा बिष्टको अभिनय रहेको छ।
यस गीतलाई बिनोद ढकाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।