नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारी
नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदैछ। लामो समयको पर्खाइपछि सार्वजनिक हुन लागेको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र एकताको सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।
गीतका शब्द गीतकार डि.बि. पराजुलीले सिर्जना गरेका हुन् भने स्वरमा रुपक डोटेल र मेनुका राईले जीवन्तता दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागेको मेहनत रहेको छ भने एरेन्जरका रूपमा सुनिल परियारले विशेष योगदान दिएका छन्।
म्युजिक भिडियोमा पनि कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ, पबित्रा अर्याल (पबि) देखिनेछन्। त्यस्तै, सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ,...









