बालसाहित्यका दुई कृतिको विमोचन सम्पन्न
- नवीन पल्लव
भानु जयन्तीको सुअवसर पारेर इन्टरनेसनल स्कुल, धुमवाराहीले एक भव्य समारोहबीच बालसाहित्यका दुईवटा कृतिहरू 'नवपालुवाका सम्झनाहरू' बाल संस्मरणसङ्ग्रह तथा 'पैसा फल्ने रूख' बालकथासङ्ग्रहको एकैसाथ लोकार्पण गरेको छ । यसरी नै नर्सरीदेखि नै बालकविता प्रस्तुति पनि व्यवस्थित ढङ्गले सुसम्पन्न गरेको छ ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अभ्यागत नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानले साहित्यको समाजमा गहिरो प्रभाव पर्ने भएकैले तिनको सम्मानमा सालिक बन्ने गरेको बताए । प्रधानले सर्जकहरू शब्दका खेलाडी मात्र नभई समाजका महत्त्वपूर्ण अवयव भएको जिकिर गरे । यिनै कारणले बालबालिकालाई सिर्जनामा रमाउन रोक लगाउन नहुने उनको तर्क थियो ।
त्यसैगरी नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष विजयराज आचार्यले विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ नयाँ बाल...









