२९ फाल्गुन २०८१, बिहीबार

मनाेरन्जन

अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
नेपाली फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ। यसअघि साेही मितिमा ‘छक्का पन्जा ४’, ‘वर एन्ड बधु’, ‘परस्त्री’ र ‘बुलाकी’ प्रदर्शन हुने पक्का भैसकेको छ। यही मितिमा ‘छड्के २’ पनि रिलिज हुने भएपछि ५ फिल्मको भिडन्त हुने देखिएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। अनमोल केसी स्टारर यो फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। निगमकै लेखन तथा निर्देशन रहेको फिल्ममार्फत ग्याङस्टारको कथा भन्न खोजिएको छ। लभस्टोरी फिल्ममा रुचाइएका अनमोल पहिलोपटक ग्याङस्टारको अवतारमा देखिँदै छन्। फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी गरेका छन्। निर्भान फिल्म स्कुल र लक्ष्मण काफ्ले फिल्मका कार्यकारी निर्माता हुन्।...
प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
१४ कार्तिक काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। खेलहरु कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ। त्यस्तै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे नै सुरु हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता छ।...
जनकपुरमा छठका लागी मात्रै ३ करोडको केरा आयात

जनकपुरमा छठका लागी मात्रै ३ करोडको केरा आयात

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१३ कार्तिक, धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घ्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनले बताए । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताए । ‘यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्’, उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भान्टाबारी ...
टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । अर्धशतकमा १ रनले चुके रिजनवान पाकिस्तानको दुई मुख्य ब्याटर कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजनवान सुरुका दुई खेलमा चाँडै आउट भएका थिए । जसले ग...
जापानका  सुगम र मेलिनाको कन्सर्ट कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउने

जापानका सुगम र मेलिनाको कन्सर्ट कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउने

मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् । कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रम जापानका ६ सहरमा हुनेछ । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ मा टोकियोको रोपंगी जेस नाइटमा हुनेछ । यसैगरी ओसाका, नागोया, फुकुयोका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा समेत कन्सर्ट हुनेछ । आयोजक खिमराज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिनेछ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा कार्यक...
*महापुरुष’लाई  अमेरिका प्रदर्शनका लागि हरिवंश न्युयोर्क जाँदै

*महापुरुष’लाई अमेरिका प्रदर्शनका लागि हरिवंश न्युयोर्क जाँदै

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१३कार्तिक  काठमाडौं । हरिवंश आचार्य स्टार फिल्म ‘महापुरुष’ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । फिल्मले शनिबार डेढ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको हो । एक करोड हारहारीमा ओपनिङ गरेको फिल्मको शनिबारको कलेक्सन स्वभाविक रुपमा बढ्ने अनुमान थियो । फिल्मको दुईदिने कमाइ २ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारी हुन आउँछ । आइतबार पनि छठ पर्वको बिदा भएकाले फिल्मले तीन करोड रुपैयाँ ग्रसको आँकडालाई सहजै पार गर्ने निश्चित छ । महापुरुष’को दुई दिने कलेक्सनमा काठमाडौं उपत्यकाको बढी योगदान छ । उपत्यका बाहिरबाट जति कमाइ हुनुपर्ने त्यति देखिएको छैन, उपत्यकाका मल्टिप्लेक्सबाट फिल्मले आक्रामक कमाइ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित ए वर्गका मल्टिप्लेक्समा शनिबारका सबै शो हाउसफुल रहे । यसैबीच, महापुरुषले अमेरिका र अष्ट्रेलियामा सन्तोषजनक ओपनिङ गरेको विव...
केकी अधिकारी र राजदूत नोनाले शुभारम्भ गरे नेपाल-ईयू फिल्म फेस्टिभल

केकी अधिकारी र राजदूत नोनाले शुभारम्भ गरे नेपाल-ईयू फिल्म फेस्टिभल

अन्तर्राष्ट्रिय, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
१३ कार्तिक   काठमाडौं । नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौंमा सुरु भएको छ । युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र अभिनेत्री केकी अधिकारीले फेस्टिभल शुभारम्भ गरे । चलचित्र विकास बोर्डमा आयोजित समारोहमा राजदूत डेप्रेजले मन्तव्य राख्दै फेस्टिभल समुद्घाटन गरिन् । फेस्टिभल संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै उनले यहाँ देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् । यसपटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै उनले दर्शकले बोर्डको हल र अनलाइनमा पनि हेर्न सक्ने जानकारी दिइन् । राजदूत नोनाले पहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् । फेस्टिभलकी सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् । केकीले...
गायक प्रकाश सपुतलाई पुत्रलाभ

गायक प्रकाश सपुतलाई पुत्रलाभ

मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
१३कार्तिक काठमाडौं । गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ । गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।...
वर्षकै लामो उत्कृष्ट  फिल्म,अवतार , दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

वर्षकै लामो उत्कृष्ट फिल्म,अवतार , दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, संस्कृति, समाचार, सुचना संचार
१३ कार्ठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको औसत लम्बाइ २ वा सवा दुई घण्टा हुने हो । तर अवतार ः द वे अफ वाटरको लम्बाइ ३ घण्टा १४ मिनेट हुनेछ । त्यो भनेको हलको चार घण्टा समय ‘अकुपाइड’ हुनु हो । फिल्म प्रदर्शनअघिको समय, ब्रेक र प्रदर्शनपछिको एक्जिट समयलाई निर्धारण गर्दा दर्शकले हलमै झण्डै ४ घण्टा समय बिताउनुपर्नेछ । एक किसिमले अवतार २ ले दर्शकलाई धैर्यताको परीक्षा समेत लिनेछ । अवतारको ३ घण्टा १४ मिनेट भनेको एउटा हलको ४ घण्टा अकुपाइड हुनु हो । त्यति नै समय दर्शकले हलमा बिताउनुपर्छ भन्ने हो । किनभने दर्शकलाई लाम...
नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

Breaking News, मनाेरन्जन, माैसम, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
  नवलपुर :देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए । ...