५ कार्तिक २०८२, बुधबार

मनाेरन्जन

आज विजया दशमि, भाईटिका मान्यजनबाट टीका र जमरा लगाईदै

आज विजया दशमि, भाईटिका मान्यजनबाट टीका र जमरा लगाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्...
आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

आज महा नवमि देशै भरिका मठ मन्दिरमा भक्तजनहरु काे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । नवरात्रीको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको भिड लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहि आयकाे छ। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वा...
दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

Breaking News, मनाेरन्जन, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं। दशैंकाे बेला काठमाडौं देखि घर फर्किनेहरुको जताततै ताती लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ भने एयरपोर्ट मा पनि तेत्तिकै भिडभाड देखिन्छ । यातायात ब्यवस्था बिभाग ले यात्रुहरुकाे सहजका लागि गत असाेज २२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि प्राय काठमाडौं देखि विभिन्न ठाउँका लागि छुट्ने बसहरु बुकिङ भय पछि,थप गाडिहरुकाे ब्यवस्था गरेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने र कसैले दुख नपाउने गरि सबै तिर टिम परिचालन गरियकाे नयाँ बसपार्क स्थित काउन्टर संयोजक ले बताय । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेक...
२०८० सालकाे बडादशै सुरु, आज घटस्थापना जमरा राख्ने दिन

२०८० सालकाे बडादशै सुरु, आज घटस्थापना जमरा राख्ने दिन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद...
आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालि...
नव गायिका देवि थापाको तिज गित “व्रत बसियाे” सार्वजनिक (भिडियो सहित)

नव गायिका देवि थापाको तिज गित “व्रत बसियाे” सार्वजनिक (भिडियो सहित)

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । जाजरकोट जिल्ला कि नव गायिका देविथापाकाे तिज गित "व्रत बसियाे" सार्वजनिक भयकाे छ । हिन्दु नारी हरुकाे महान चाड हरितालिका तिज आउन अब केही दिन बाकि रहेकाे सन्दर्भलाई लक्षित गर्दै गायिका थापाले आफ्नै युटुव च्यानल मार्फत उक्त गित आईतवार देखि सार्वजनिक गरेकि हुन । गायिका थापा भन्छिन बाल्यकाल देखि गित संगित प्रति रुचि राख्दै आउदा याे तिज गित व्रत बसियाे सार्वजनिक गर्दा आफैलाई गर्वानुभुति भईरहेकाे र श्राेता दर्शकहरुकाे माया ममता ले अझै गित लेखन कार्यमा थप हाैसला प्राप्त हुने बताउछिन् । तेजेन्द्र दुराकाे रचना र संगित रहेकाे गितमा देवि थापाकाे स्वर रहेकाे छ । https://youtube.com/watch?v=JdO3QAXhUsM&si=WZNhbdjyVia92AgF...
जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

Breaking News, मनाेरन्जन, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् । चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।...
बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

बिद्युुत प्राधिकरणद्वारा देशै भरि वृक्षाराेपन गरेर बार्षिकाेत्सव मनाईयाे

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र–उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयपरिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्। कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेकाे प्राधिकरणले जनाएको छ। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रूख काट्ने मात्र होइन, रूख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ। प्राधिकरणको प्रधान...
जाजरकोटमा १३ बर्षिया बालिका बलत्कृत, अभियुक्त फरार

जाजरकोटमा १३ बर्षिया बालिका बलत्कृत, अभियुक्त फरार

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट ।जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकाे कुशे गाउपालिका वडा न. ८ का बिजुली डाँडाका ३० वर्षीय दीपक रोकायले साेहि वडा कफल्ला टाेल बस्ने बर्ष १३ कि बालिका जानुका राेकायकाे घरमा कोही नभएको अवस्थामा रातिकाे १ बजे तिर झ्याल फाेडेर भित्र पसेर बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालिकाका बुवा गोठ गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति १ बजे बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।बालिकाका आफन्तका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ, घटना भयकाे दाेश्राे दिन सम्मा पनि पिडित बालिका न्याय खाेज्न जादा गाउकै केही मान्छेले हाेल्डमा राखेर फकाउने काेसिस गरेकाे बुझिएको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा दर्ता गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् । उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई...
“महागफाडी” टेलिभिजन रियालिटि शाे औपचारिक घोषणा, साेमबार देखि अडिसन हुने

“महागफाडी” टेलिभिजन रियालिटि शाे औपचारिक घोषणा, साेमबार देखि अडिसन हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।टेलिभिजन रियालिटी शो "महागफाडी"को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । टेलिभिजन रियालिटी शो ‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् ।’ ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषा तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै...