२३ भाद्र २०८१, आईतवार

तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना

काठमाडौं । तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना गरेर सन्चालनमा ल्याईएको छ ।  एक कार्यक्रम बिच सेलोघरको समुद्घाटन गर्दै हराउँदै गएको संस्कार,संस्कृति र मौलिकतालाई जोगाउन हाम्रो सेलोघर मार्फत बिभिन्न कार्यक्रमहरु ल्याईने जानकारी गराईएको छ ।
तामाङ गीत संगीत क्षेत्रका पहिलो गायक तथा सेलो सम्राटका नामले परिचित चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा हाम्रो सेलो घरको समुद्घाटन तथा हाम्रो सेलोघरको पहिलो प्रस्तुतिको रुपमा ल्याईएको “ घर परिवार छोडी परदेशिनुको पिडा” शिर्षकको फापारे जुहारीको सार्वजानिक गर्ने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
हाम्रो सेलोघरका संचालक तथा नमोबुद्ध न्युजका प्रकाशक छेडुप तामाङको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, तामाङ डाजाङका फुल कुमार बोम्जन, मोटिभेसनल स्पिकर बिकास देव योन्जन, मिस तामाङ आयोजक तथा तामाङ नायीका रन्जिता ब्लोन,तामाङ चलचित्रका महानायक अमिर दोङ,तामाङ पहिलो र्याप गायक उत्तर लामा संगुल,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा , तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष के.बि.तामाङ, हास्यकलाकार कुईसाङ रुम्बा,राष्ट्रिय खेलाडी सागर घिसिङ,म्हेन्दोलाफोले फाउण्डेसनका अध्यक्ष शुनिल दोङ लगायत गायक,गायीका,मोडल तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
फापारे जुहारीका गायक पोङ्दीला च्याङ्बा ( संजिव तामाङ ) र प्रमिला मोक्तानको आवाजमा रहेको यो दोहोरीमा घरको कमजोर आर्थिक अवस्थालाई थेग्न नसकेर घर परिवार छोडेर बिदेश जान लागेको दाजु र बहिनी बिचमा घर परिवार भित्रको कथा व्यथालाई गीतको माध्यमबाट सचेतना ल्याउन खोजिएको छ ।
कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले तामाङ संस्कार,संस्कृतिर मौलिकता जोगाउने अभियानमा हाम्रो सेलोघर एक कोशेढुंगा सावितहुने बताउँदै यसको लागि सबैले आ—आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सेलो सम्राट चन्द्र कुमार मोक्तानले मिडिया र गीत संगीतको क्षेत्रमा टिक्न साह्रै असहज रहेको बताउँदै ठट्ठाकै शैलिमा कुनै कुनै कार्यक्रममा सम्मान थाप्न बोलाउँदा सम्मानपत्रको सट्टामा खाममा नगद दिए पनि हुने जस्तो लाग्ने समय पनि आउने बताउनु भयो । जिवन चलाउन आर्थिकनै प्रधान भएको भन्दै उहाँले कलाकार र मिडियाकर्मीहरुलाई बचाउने भनेकै दर्शक श्रोताले नै भएकोले कार्यक्रम आयोजक पक्षले यो क्षेत्रमा ध्यान दिन समेत आग्रह गर्नु भयो ।
स्वागत तथा कार्यक्रमबारे जानकारी दिदैं कार्यक्रमका शभापति छेडुप तामाङले दिन भर समाचार संकलन गरेर एक कप चिया पनि नखाईकन समचार लेख्न र भिडियो बनाउनुपर्ने मिडियाकर्मीको पिडा र घाँटी सुक्नेगरि गीत गाएर एउटा सम्मानपत्र या मायाको चिनो लिएर ऋणको पैसामा गाडी भाडा तिर्नुपर्ने कलाकारको पिडा आफुले नजिकैबाट देखेको र भोगेको हुनाले बिस्तारै हाम्रो सेलोघरले यसलाई सम्बोधन गर्ने प्रयत्न हुनेछ भन्नु भयो ।
मोटिभेसनल स्पिकर बिकास देव योन्जनले मानिसको टाउकोमा हुने १५ सय ग्रामको दिमागलाई सदुपयोग गर्न सक्नुनै मानविय गुण रहेको बताउनु भयो । अरबौ सम्पति कमाउनेले पनि छोडेर जाने भनेको एउटा कृतिनै हो भन्दै तामाङ समुदायको इतिहासमा यसरी संस्कृति संरक्षणमा लाग्ने प्रयत्न र साहस गर्ने हाम्रो सेले घरनै पहिलो भएकोले यसले इतिहास रच्न सक्ने तर्फ संकेत गनुर्् भयो ।
अन्त्यमा बिभिन्न तामाङ गीत गाएर नाचगान गर्दै कार्यक्रम समापन गरिएको थियो ।
एच टि भि नमोबुद्ध अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको यो प्रस्तुति लाई लाईक,शेयर र कमेन्ट गर्दै च्यानलाई सस्क्राईब गर्न एच टि भि नमोबुद्धका संचालक मिडियाकर्मी छेडुप तामाङले सबै दर्शक श्रोतालाई आग्रह गर्नुभएको छ ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला