११ श्रावण २०८१, शनिबार

सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् ।
प्रतिनिधि सभाकी उप—सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत समाजसेवी,मिडियाकर्मी तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यत्रममा प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।
तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक वाइबाको “ब्रेल्साङ लाई म्हान्जी”, तोर छ्योङ मार छ्योङ, घर मेरो सिन्धुली, क्या राम्री मैच्याङ, हेल्लो है, नक्कली छामे, हिमाली कान्छी, ल्होछार मेलामा”जस्ता थुप्रै गीतहरु बजारमा आइसकेको छ ।
तामाङ भाषाको गीत संगीत मात्रै नभएर थुप्रै नेपाली भाषाको गीत संगीतमा समेत गायक वाइबाले काम गरिसकेका छन् । सिन्धुली जिल्लामा जन्मेका युवा गायक वाईबा गीत संगीत क्षेत्रमा केही गर्छु भनेर लागिरहेको देखिन्छ ।
अवार्ड प्राप्त गरेपछि संचारकर्मीहरु संग प्रतिकृया दिदैं गायक प्रकाश वाइबाले यो अवार्डले आफुलाई झन जिम्मबेवार बनाएको र सांगीतिक जिवनमा एउटा ईट्टा थपेको बताएका छन् ।