
बन कार्यालयमा स्टिंग अप्रेशन : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.
✍️जनताको सेवा र वन क्षेत्रको संरक्षणका लागि जिम्मेवार मानिने जाजरकोटको डिभिजन बन कार्यालय पछिल्ला दिनमा गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख अमर प्रसाद शाहमाथी रक्सी पार्टीको आयोजना, स्रोतसाधनको दुरुपयोग, सर्वसाधारण , करारका कर्मचारीहरु र उपभोक्ता समितिमाथि दमन, र जिल्लाका प्रमुखहरुलाई हातमा लिएर राजनीतिक निकटता प्रदर्शन जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।तल्लो थाप्लेको स्रोतका अनुसार, शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए । उनलाइ सिधाकुराले टेलिफोन गर्दा क्वाटरमा आएर भिडियो खिचेको पत्रकारहरुले भन्ने प्रतिक्रिया दिएका थिए तर उनले ओभानो बन्न खोजेको क्वाटरमा के कार्यक्रम हुन्छ भनेर प्रश्न चिन्ह खडा भएको छ ।
व्या...