२७ श्रावण २०८२, मंगलवार

पुर्वाधार

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ;सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ

कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :काठमाडौंको कुमारी फाउन्डेसनले  छेडागाड नगरपालिकाको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष राजीवबिक्रम शाहले पालिकाका अध्यक्ष रत्नबहादुर खड्कालाई उपकरणहरु हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मुम्बई कप परेडको सहयोगमा कुमारी फाउन्डेसनले पालिकालाई उपकरणहरु उपलब्ध गराएको हो । ‘दुर्गमका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने एउटा सानो सपना पूरा भएको मन्त्री शाहकाे भनाइ छ, मन्त्री शाह भन्छन्, ‘स्वास्थ्य चौकीमा आौषधी र अति आवश्यक उपकरण अभावले नागरिकले अकालमा ज्यान गुमाउनु परेको र दर्दनाक अवस्था देखेरै अस्पताल संचालन गर्ने सोच बनाएको हुँ ।’ मन्त्री शाहकै लगानीमा १५ शैयाकाे अस्पताल निर्माण भएको छ । फाउन्डेसनले डेन्टल, आँखा, गाइनो, बालरोग विभाग...
पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड  नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेड...
बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
बैतडी: बैतडी सदरमुकाम केन्द्र बिन्दु भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ । ...
सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
धनगढी: सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरू अहिले धनगढीकाे मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै आन्दोलनमा उत्रिएका छन ।    नेपालको संविधानको  धारा २२७ अनुसार स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले निर्माण गर्ने व्यवस्था रहेको छ। सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशबाहेक अन्य ६वटै प्रदेशमा ऐन जारी भई कार्यान्वयनमा आइसक्दा पनि सुदूरपश्चिमा ऐन पारित नहुँदा कर्मचारीहरूको सेवा स्थायित्व, वृद्धि विकास ,पदपुर्ती  तथा अवकाश पछिको सुविधा जस्ता विषयमा अन्योल सिर्जना भएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन्। कर्मचारीहरूले नागरिकको सबैभन्दा नजिक रहेको सरकारको रूपमा स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन ल्याउन नसक्दा कर्मचारीहरूलाई मर्का परेको बताएका छन्। नेपालको संविधान २०७२ बमोजिम स्थानी...
दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको  चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिबार दिउँसो करिब ३ः५० बजे तिर घरमै परेको चट्टयाङले घाइते भएका दशरथलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । त्यस्तै, सोही ठाउँमा चट्याङमा परेर मृतक दशरथका ३ जना सन्तान श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ बर्षका छोरा घाइते भएका छन् । उहाँहरुलाई दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।...
चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो । “कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ। राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । चिलीको नेसनल सि...
जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :छेडागाड नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले छेडागाड–५ वडावनको फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना गरेको हो । छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् । धुलो, धुवा, खानपान जस्ता ग्रामिण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ...