३ आश्विन २०८१, बिहीबार

चुनाव

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७मंसिर जाजरकोट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह विजयी भएका छन्। उनी १६ हजार ४० मतसहित प्रदेश सांसद चुनिएका हुन्। शाहले नेकपा एमालेका  खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्। शाह विशेषतः प्रतिनिधि सभामा अन्तिमपटक चुनाव लड्न चाहेका थिए। तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन्। शाह राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग हारेका थिए। शाह यसअघि दोस्रो संविधान सभा सदस्य बनेर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित (ख) मा ४६ हजार ४९४ मतदाता रहेकामा २९ हजार २६ मत खसेको थियो।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल  पछ्याउँदै

अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।...
सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, माैसम, समाचार
६ मंसिर, जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।...
काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...
राेल्पा मा बर्षमान पुन काे अग्रता ।

राेल्पा मा बर्षमान पुन काे अग्रता ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् । राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर काठमान्डाै। ललितपुर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् । मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।...
ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...
जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
 जाजरकोट ।२०७९/ मंसिर ४ गते भयकाे प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि  जाजरकोटमा केही मत केन्द्र मा सामान्य बिवाद भयपनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयकाे छ  । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि  जिल्लामा  ३ नगर पालीका र ४ गाउपालिका रहेका छन । जस अनुसार भेरि नगरपालिकामा १३६४२, नलगाड नगरपालिकामा १०२८१, छेडागाड नगरपालिकामा १३४१८,बारेकाेट गाँउपालिकामा ८३४०, शिवालय गाउँ पालिका ५०१७,कुशे गाउँ पालिकामा ७५०३, जुनिचाँदे गाउँपालिकामा ७६६७र अस्थाई केन्द्र काे ९४ गरि कुल  ६५९६२ मत खसेकाे छ । आज बिहान सम्म सबै ठाउका मतपेटिका जिल्लामा पुगिसकेका र अबकाे केही पछि सर्वदलीय बैठक बसि  मत नतिजा सुरु  हुने बताईएकाे छ ।...