३ आश्विन २०८१, बिहीबार

चुनाव

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान केन्द्र स्थलतर्फ अगाडि बढेपछि केही समय मतदान नै स्थगित भएको थियो । प्रदर्शनका क्रममा नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालका जिल्ला अध्यक्ष पदम हमाल  र नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति सदस्य आक्रोशलाई प्रहरीले गिरफ्तार गरेको छ ।...
ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।...
काठमाडौंमा १० ठाँउमा मत गनणा हुने ।

काठमाडौंमा १० ठाँउमा मत गनणा हुने ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
४ मंसिर, काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ । क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १...
हामिले सुरक्षा ब्यवस्था कडा बनायका छाै : गृह सचिव सिंह

हामिले सुरक्षा ब्यवस्था कडा बनायका छाै : गृह सचिव सिंह

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
४ मंसिर, काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सञ्चालन गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरु भइसकेको पनि बताए । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि उनले जानकारी दिए । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ’ उनले भने । सचिव सिंहसहित...
राेल्पामा शान्तिपूर्ण ढंगले मतदान :

राेल्पामा शान्तिपूर्ण ढंगले मतदान :

Breaking News, चुनाव, निर्वाचन, समाचार
४ मंसिर, रोल्पा । रोल्पामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही ठाउामा शंकास्पद वस्तु भेटिएको बताए पनि गोबरको थुप्रो भएको पुष्टि भएको छ । जिल्लामा सुरक्षा अवस्था सन्तोषजनक रहेको र १ : ३० बजेसम्म करिब ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कारागारका कैदी बन्दीहरुको मतदान सम्पन्न भइसकेको छ । समानुपातिक पद्धतिको मतदानका लागि ६३ मध्ये ६२ कैदीले मतदान गरेका छन् । थवाङमा न्यून मतदान : रोल्पाको थवाङ मतदान केन्द्रमा २: ३० बजेसम्म न्यून मतदान भएको छ । स्थानीय अमित घर्ती का  अनुसार वडा नं. १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन । वडा नं. २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् । विप्लव नेतृत्वको ने...
नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य दीपेन्द्र चलाउने, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, भीम बटालालगायत २५ जनालाई गिरफ्तार गरेको छ । संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै नेकपा (बहुमत) ले आज काठमाडौँमा पनि प्रदर्शन गरेको थियो । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ । प्रदर्शनस्थलबाटै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको हो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्...
नेकपा (बहुमत) को आह्वान: संसदीय चुनाव अवज्ञा र बहिष्कार गराैं ।

नेकपा (बहुमत) को आह्वान: संसदीय चुनाव अवज्ञा र बहिष्कार गराैं ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ :नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ ।’ प्रवक्ता सुदर्शनले नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको प्रस्ट पार्दै भनेका छन्, ‘यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो ।’ प्रवक्ता सुदर्शनले अगाडि भनेका छन्, ‘हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा रा...
चिसाेले हुम्लाका चार  केन्द्रमा मतदान  हुन सकेन ।

चिसाेले हुम्लाका चार केन्द्रमा मतदान हुन सकेन ।

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँकाे भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँकाे हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुकाे खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । ५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए । मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाकाे भनाइ छ ।...
रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

Breaking News, चुनाव, निर्वाचन, विज्ञान प्रबिधि, समाचार
४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ । ...
२० जना उम्मेदवार ७० बर्ष  कटेका :

२० जना उम्मेदवार ७० बर्ष कटेका :

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
४ मंसिर, काठमाडौं । अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् । मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.नारायण खड्का, अ...