२ कार्तिक २०८१, शुक्रबार

समानुपातिक मत अपडेट ९२लाख ५० हजार ८ सय ९१ गनिसक्दा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ।यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन् ।

यो खबर तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ। सुरुमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी बीचमा पछि परेको थियो। तर अहिले १० लाख ६० हजार ८ सय ८९ मतका साथ ऊ माओवादी केन्द्रभन्दा अघि भएको हो। यही समयमा माओवादी केन्द्रले भने १० लाख ५४ हजार ९ सय ९७ समानुपातिक मत प्राप्त गरेको छ।

यस्तै नेकपा एकीकृत समाजवादी र जनमत पार्टी पनि आपसमा अघिपछि भइरहने दल हुन्। यो खबर तयार पार्दा भने जनमत पार्टी फेरि एकीकृत समाजवादी भन्दा अघि लागेको छ। ताजा तथ्यांकअनुसार जनमत पार्टीले २ लाख ५६ हजार ३३ मत प्राप्त गरेको छ भने ऊभन्दा पछि एकीकृत समाजवादीले २ लाख ४९ हजार १ सय १८ समानुपातिक मत प्राप्त गरेको छ।

अहिलेसम्म ९२ लाख ५० हजार ८ सय ९१ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।