२३ भाद्र २०८१, आईतवार

खेल

महिला फुटबल   टोलीकी कप्तान एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

महिला फुटबल टोलीकी कप्तान एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौं ।   राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा भारतीय आई लिग टोली सेथु एफसीमा अनुबन्ध भएकी छिन्। सेथुमा आबद्ध भएपछि एञ्जिलाले भनिन्, ‘क्लबमा आबद्ध हुन पाउादा खुसी लागेको छ। पहिलाबाट नै आईलिग खेल्ने सपना थियो, यो पटक त्यो अवसर पाएको छु। आईलिगमा राम्रो खेलेर अर्को पटकको लागि पनि फेरी स्थान बनाउने गरी आफूलाई अब्बल साबित गर्न मेहनत गर्नेछु।’ राष्ट्रिय महिला लिगको दोस्रो चरण सुरु नभएर डिसेम्बरमा भारत जाने तयारीमा छिन्।आईलिग टोली सेथुमा अनुबन्ध हुने एञ्जिला तेस्रो महिला खेलाडी हुन्। यसअघि सेथुबाट राष्ट्रिय टोलीकी फरवर्ड साबित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले खेलिसकेका छन्। साबित्राले भने पछिल्लो केही सिजन यता लिग च्याम्पियन गोकुलम केरला एफसीबाट व्यावसायिक लिग खेलिरहेकी छिन्। आईलिग खेल्ने तीनै खेलाडी एपीएफ फुटबल क्लब...
एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालगञ्ज म्याराथनले सदस्यता पाएको म्याराथन आयोजकले विज्ञप्तिमार्फत जनाएको छ । गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र रहेको पनि आयोजकले जनाएको छ । सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् । ‘म तपाईं र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु’, पाका बोराओले नेपालगञ्ज म्यारथनका अध्...
जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक ,टी-२० विश्वकप

जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक ,टी-२० विश्वकप

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । नाटकीय बनेको अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो । तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो ।त्यसमा पनि अन्तिम बल झनै नाटकीय बन्यो । जिम्बावेलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो । छक्का हान्दा जिम्बावेले खेल जित्ने थियो भने चौकाले खेल सुपर ओभरमा पुग्ने ।  तर बंगलादेशका मोसादेक होसेनको बलमा विकेटकिपर नुरुल हुसेनले जिम्बावेका ब्लेसिङ मुजाराबानीलाई सटम्पिङ गरे । त्यसपछि बंगलादेशले जितको मनाउन थाल्यो भने जिम्बावे निराश बन्यो ।        तर अम्पारले उक्त बल रिभ्यु गर्दा नुरुले स्टम्प अगाडि बल समातेकोले उक्त बल नो बल भयो र मैदान बाहि...
प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट ...
नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका सुपर१२ मा प्रवेश

नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका सुपर१२ मा प्रवेश

Breaking News, अन्तर्राष्ट्रिय, खेल, विगन्यूज, समाचार, सुचना संचार
नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका अष्ट्रेलियामा जारी टी२० विश्वकपको सुपर१२ मा पुगेको छ। समूह पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले ३ खेलबाट २ ज बिहीबारको खेलमा १६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रनमा समेटिन पुग्यो। नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डोडले अविजित ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेदरल्याण्ड्सलाई रोक्ने क्रममा श्रीलंकाका वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए। यसअघि ब्याटिङ गरेको श्रीलंकाले कुशल मेन्डिसको ७९ रनको सहयोगमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। नेदरल्याण्ड्सले यसअघिका दुई खेलमा जित हात पारेको भए पनि बिहीबारको हारसँगै अंकतालिकामा श्रीलंकाभन्दा पछि परेको हो।यससँगै अब उसको सुपर १२ मा पुग्ने सम्भावना नामिबिया र यूएईको खेलमा निर्भर रहनेछ। यो खेलमा यूएईले जित हा...
नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन...

कर्णाली लाई दिलाय पहिलाे स्वर्ण पदक दुर्गा बुढाले

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, शिक्षा, समाचार
३१ असोज, काठमाडौं । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते । विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याए...