१८ पुष २०८१, बिहीबार

खेल

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : "रमाइलो मेला २०८१" काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने "जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१" यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय । बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे । पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्था...
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News, कविता, खेल, चुनाव, निर्वाचन, मनाेरन्जन, माैसम, शिक्षा, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो । स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ । पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस...
कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

खेल, समाचार
काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो लाई काठमाडौंका प्राय संस्थागत र निजि विद्यालयहरुले आफ्नो खेलकुद कोर्षनै बनाएर लागु गरिरहेका छन् । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा पनि नियमितरुपमा तेक्वान्दो प्रशिक्षण हुँदै आएकोमा आज तेक्वान्दोका खेलाडीहरुको बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ । स्कुलका सिईओ सुरोज चन्द्र महर्जन,प्रिन्सिपल देभिना श्रेष्ठ(महर्जन), भाईस प्रिन्सिपल रोशनी शाही ठकुरी, ईन्चार्ज निशा पन्थी लगायत स्कुलका संपुर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । बेल्ट अनुसार अगाडी लैजान लिईएको टेष्टको निर्णायकमा दुर्गामान तामाङ , छुल्ठिम लामा रहनु भएको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलका तेक्वान्दो प्रशिक्षक प्रदिप आले मगरले जानकारी...
पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने, विजेतालाई ३० हजार नगद पुरस्कार

पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने, विजेतालाई ३० हजार नगद पुरस्कार

खेल, समाचार
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मङ्सिर २९ र ३० गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरू सहभागी हुन पाउने छन् । प्रतियोगिताको लागि सहभागी हुन कात्तिक २५ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम समय मङ्सिर २५ गतेसम्मलाई तय गरिएको छ । एउटा टिम दर्ताका लागि तीन हजार पाँच सय शुल्क लाग्ने प्रतियोगिताका संयोजक राजेश श्रेष्ठले बताउनुभएको छ । विजेता टिमलाई ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् । त्यस्तै, रनरअप टिमले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै,...
एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं :एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि पायो ।त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो । ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पारेेकाे थियाे ।...

बिकल्पकाे बाटाे खाेज्न शहर छिरेका युवाले आफ्नै गाउमा बिकल्प राेजे

खेल, पर्यटन, शिक्षा, संस्कृति
जाजरकोट :बिकल्पकाे खाेजि गर्दा गर्दै शहर छिरेका एक युवा पुन आफ्नाे गाउँ  फर्केर "बिकल्प युवा क्लब" खाेलेर समाजका युवाहरुलाई एउटा बिकल्पकाे बाटाेमा लागाै भन्ने सन्देश दिईरहेका छन् । उमेरले २४ पुगेका छेडागाड -१० जाजरकोटका स्थायि बासिन्दा गाेपाल बिक्रम शाही बिकल्पले देखेकाे शहर र बिकास भएकाे विभिन्न बस्तिलाई मध्यनजर गरेर एउटा बिकल्पकाे रुपमा आफू जन्मेकाे गाउँ र समाजकाे आजकाे अवस्थालाई लिएका हुन् । बिकल्प भन्छन् "आज शहर र गाउँ बिग्रनुकाे मुल कारण विभिन्न नामधारी पार्टीहरुकाे राजनैनिक प्रतिस्पर्धा र लुछाचुडि हाे। यसलाई क्रश गरेर लैजानुपर्छ र अब बिकल्पकाे रुपमा युवाहरु सचेताका साथ उभिनु पर्छ"। छेडागाड -१० कै पहिलाे क्लब "बिकल्प युवा क्लब" नाम राखेर पहिलाे काम परम्परागत रुपमा संचालन हदै आएकाे ऐतिहासिक एंव साँस्कृतिक धराेहर भनेर चिनिने पुनि भदाै पुर्णिमा मेलामा भलिबल आयाेजना गरेकाे छ । क्लवक...
श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर

श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर

खेल, राजनीति
बुटवल :  श्रमिक कम्युनिस्ट पार्टी नेपालले जिल्ला खेलकुद बिकास समितिकाे कार्यलय बुटवल,रुपन्देहीमा कालाेब्यानर टाँगेकाे छ । पार्टीले सार्वजनिक सम्पत्ति माथि लुटखसाेट मच्याएकाे भन्दै विज्ञप्ति मार्फत चेतावनी पनि दिएकाे थियो । उक्त पार्टीले थप कार्य नराेकिए पछि आज चरणबद्ध कार्यक्रम अनुसार कालाेब्यानर टाँगिएको बताएको छ । यति गर्दा पनि लुटखसाेट थप संघर्ष गर्ने भन्दै ब्यानरमै चेतावनी दिदै लेखेको छ - "पुनश्च : यो हाम्रो अनुरोधलाई बेवास्ता गरिए श्रृखलाबद्ध पुनः कडा संघर्ष गर्न बाध्य हुनेछौं ।" उक्त पार्टीले कालाेब्यानरमा टाँग्नुका ११ बुँदे कारणहरु जस्ताको त्यस्तै "सार्वजनिक सम्पत्ति माथिको लुटखसोट तुरुन्तै बन्द गर ! १) कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले अवैधानिक रूपमा बिना सुचना सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र कार...
नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

Breaking News, खेल, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न १० को आयोजना र श्री सुबोधिनी माध्यमिक बिधालय शितगंगा १० को ब्यवस्थापनमा नगरपालिका स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ ।कार्यक्रममा श्री मन्द्रे मा बि प्रथम , श्री सुबोधिनी मा बि द्वितिय श्री गौरा मा बि तृतीय र सान्त्वना स्थान हासिल गर्ने श्री शितगंगा नगरपालिका वार्ड न १० स्थित श्री डिही आधारभुत बिधालय रहेका छन ।कार्यक्रममा प्रमुख अतिथि शितगगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल , बिशिस्ट अतिथि वडा अध्यक्ष केशव प्रसाद वेल्वासे, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ महासचिव लक्ष्मण वलि,  शिक्षा शाखा प्रमुख बिनोद पोखरेल विभिन्न बिधालयका प्र अ एवम् शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो। ...
बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

खेल, समाचार
काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ । बुढानीलकण्ठ ७ कपनमा रहेको बि।एम।जे।रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस ले आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप दोश्रो बि.एम.जे.समर लिग गर्ने भएको छ । कार्यक्रम यहि जेठ २४ गते बिहिवा कपन स्पोर्टस् को फुटसल मैदानमा हुने प्रतियोगितामा भद्रकाली,दक्षिणकाली,मनकामना र पाथिभारा गरि चार टिमले भागलिने आयोजक संस्थाले जानकारी गराएको छ । पहिलो खेल बिहान ६ बजे टिम मनकामना र टिम भद्रकाली बिच हुने छ भने दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच हुने छ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन यतिबेला आयोजक टिमका सबै सदस्यहरु अहोरात्र खटिरहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् । यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो। बहसपछि न्यायाधी...