२३ भाद्र २०८१, आईतवार

अर्थवाणिज्य

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने...
अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अर्थवाणिज्य, समाचार
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै तुरुन्त मुल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयर हरुको बिरुद्ध संघर्ष गर्ने बताएका छन् । ग्रिल जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले चिन्ता व्यक्त गरेको हो । कोभिड १९तथा कथित आर्थिक मन्दिको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक बर्माले बताउनु भयो । अन्तर्...
१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१को राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्याटन

१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१को राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्याटन

अर्थवाणिज्य
काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला “नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव—२०८१” भृकुटीमण्डपमा शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा भईरहेको नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्याटन गर्दे हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी रहेको धारणा व्यक्त गरेका छन् । मुलुकभरका उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । यस महोत्सवको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” ...
“दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन”भन्ने नाराको साथ “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना

“दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन”भन्ने नाराको साथ “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना

अर्थवाणिज्य, समाचार
काठमाडौं । बुधबारदेखि काठमाडौंको प्रदर्शनी स्थल भृकुटी मण्डपमा “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना हुने भएको छ । मेलामा “दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन” भन्ने मुख्यनारा राखिएको छ । मङ्गलवार एक पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले मह उत्पादन र खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना पर्याउने बताएको छ । पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, महासचिव डम्बर प्रसाद रेग्मी, सदस्य नारायण कार्की, नेपाल मौरीपालक महासंघका उपाध्यक्षहरु उमा खत्री र प्रल्हाद अर्याल, महासचिव सालिग्राम बानियाँ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव रोशन पण्डितलगायतको उपस्थिति रहेको थियो । यसअघि महासंघले चितवनमा दुई पटक मह मेलाको आयोजना गरेको थियो भने मह व्यवसायी संघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आयोजनाम...
नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै

नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला “नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव—२०८१” भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मुलुकभरका उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । यस महोत्सवको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं”भन्ने रहेको छ । ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएतापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा ...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...
चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल  टेृड एक्स्पाे २०२४” हुने

चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४” हुने

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
ललितपुर : यहि  चैत अन्तिम सातामा "मिड इन नेपाल थिम" सहित "ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४" संचालन हुने भयकाे छ ।ललितपुर चेम्बर अफ कमर्सकाे आयाेजनामा  ललितपुर जिल्लाको जाउलाखेल स्थित फुटबल खेल मैदानमा चैत २२ देखि २६ गते सम्मा उक्त ईन्टरनेस्नल टेृृड एक्स्पाेमा "मिड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने भयकाे हाे ।ललितपुर चेम्बर अफ कमर्शले बुधबार  पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम काे सार्वजनिक गरेकाे छ । ललितपुर इन्टरनेस्नल टेृड एक्स्पाेमा :- नेपाल,भारत,पाकिस्तान,श्रृलंका,बंगलादेश,थाइल्यान्ड,टर्की ,मलेसिया र साउथ काेरिया लगायतका देशहरूमा उत्पादित विभिन्न बस्तुहरु तथा सामाग्री,माैलिक उत्पादन र सेवा सम्बन्धि सामानहरुकाे प्रदर्शन हुनेछन्।...
सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार
काठमाडौं :उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् :‘तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’ लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले  मल...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ । भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्। प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेप...