नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् ।
महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...