२३ भाद्र २०८१, आईतवार

१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न १ मा रहेकाे गणेश आधारभूत बिद्यालयकाे घेराबार निर्माण कार्य थालियकाे १५ दिन नपुग्दै वाल भत्किएको छ ।

मुख्यमन्त्री राेजागार कार्यक्रम अन्तर्गतबाट १५ लाखकाे लागतमा बनेकाे उक्त वाल काम थालिएको १५ दिन नपुग्दै भत्किएको हाे। आयाेजनामा खटिएका कामदार हरुले ज्याला नपायकाे गुनासो गरेका छन , कामदार स्थानीय प्रकाश रावतले ज्याला माग्दा उल्टै पिटाइ खायकाे र अहिले वडामा निवेदन पेश गरेकाे बताय ।  भेला गरि समिति गठन गर्ने भने पनि, बिवाद भय पछि  राति  किर्ते हस्ताक्षर गरि समिति निर्माण गरियकाे रावतले बताय । प्राविधिक स्टामेट बमाेजिम गर्नु पर्नेमा आफ्नै मनपरिले काम गरियकाेले उक्त वाल भत्तकियकाे स्थानीय संजय चलाउनेेले बताय।साेहि वडाकाे आधारभूत स्वास्थ्य केन्द्र स्थापना भयकाे ३बर्ष पुगिसक्दा पनि अहिले सम्म खानेपानिकाे ब्यवस्था नभयर , आधा घण्टा टाढाबाट पानी बाेकेर चलाउने गरियकाे छ । राजनैतिक प्रतिशाेधका कारणले गाउमा आयका याेजनाहरु समयमै निर्माण नहुनु , काममा दक्षता र पारदर्शिता नहुनु ,जनप्रतिनि र कर्मचारीको लापरबाही का कारणले स्थानीयवासिहरुले दुख पायकाे स्थानीय संजय चलाउनेले बताय ।