२ माघ २०८२, शुक्रबार

Author: तुफान न्यूज

चर्चिच नेवाःअभियन्ता सुमन सायमी नेवाः राष्ट्रिय परिषदको संयोजकको जिम्मेवारीमा

चर्चिच नेवाःअभियन्ता सुमन सायमी नेवाः राष्ट्रिय परिषदको संयोजकको जिम्मेवारीमा

समाचार
काठमाडौं । चर्चिच नेवाःअभियन्ता सुमन सायमी नेवाः राष्ट्रिय परिषदको संयोजकको जिम्मेवारीमा चुनिनुभएको छ ।  आज काठमाडौंको कालिमाटी स्थित दस रिसेप्सन एण्ड भेन्युमा नेवाः हरुको सत्ता अभ्यासको निम्ति नेवाः राष्ट्रिय परिषदको गठन गर्दै सायमीलाई संयोजकमा चुनिएको हो । नेपाः मण्डलका चर्चित नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको छ । अन्य सचिवालय सदस्यहरुमा रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, शिव भक्त रंजित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्र प्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रंजितकार, अनु सायमी, रिना प्रधान, बेबि राजभण्डारी रहेका छन । गठन पश्चात प्रेस विज्ञप्ति जारि गर्दै परिषदले “नेवाः सभ्यता विश्व कै प्राचिनतम सभ्यताहरु मध्येको एक हो । वर्तमानको कतिपय समृद्ध मुलुकहरु पत्ता नलाग्दै नेवास् हरुले चीन, मंगोलिया, कोरिया, जापान तथा तिब्वतलाई आफ्नो ...
कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।   नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।   घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् । ...
१० यात्रु बोकेको विमान अमेरिकाकाे अलास्का क्षेत्रबाट बेपत्ता

१० यात्रु बोकेको विमान अमेरिकाकाे अलास्का क्षेत्रबाट बेपत्ता

समाचार
काठमाडौं । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ ।   अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।   यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।   हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।   गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवा...
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

समाचार
काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।   स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन् । ‘खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ’, उनले भने ।   गौतमका अनसार कोशीमा ३८ दशमलव ७, मधेशमा १९ दशमलव ९, बागमतीमा ४१ दशमलव ६, गण्डकीमा ४५ दशमलव २, लुम्बिनीमा ४९ दशमलव ७, कर्णालीमा ३७ दशमलव ७ र सुदूरपश्चिममा ३९ दशमलव ५ प्रतिशत किशोरीले खोप लगाएका छन् ।   जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९ दशमलव ३ प्रतिशत किशोरीले खोप लगाएका छन् । ...
चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

समाचार
काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।   मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाले आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले बताए।   लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो।   चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गरेका थिए। त्यसपछि चितुवा भागेको थियो।   ...
साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’सुरु

साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’सुरु

शिक्षा, समाचार
काठमाडौँ / बसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको विहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो । कलेज स्थापना भएदेखि नै हरेक वर्ष आयोजना भइरहेको प्रदर्शनी कोभिड संक्रमणको समयमा दुुइ वर्ष सञ्चालन गर्न सकिएको थिएन । प्रदर्शनीको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताउनुभयो । राज्यले विज्ञान ...
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी

उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी

समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा ३० लाख २८ हजार ३८६ जना मानिसहरू स्थायी रूपमा बस्छन् । तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ । त्यस्तोमा नागरिकको सुरक्षामा खटिने प्रहरीचाहिँ निकै थोरै रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ११ हजार ७४९ जना प्रहरीको दरबन्दी छ । तीमध्ये १ हजार जनाको पदपूर्ति भएको छैन ।   काठमाडौँ उपत्यकामा १ जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए । बिहीबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनसंख्याको तुलनामा हामीसँग प्रहरी जनशक्ति निकै थोरै छ ।’ सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन जन्मदिनमा कार्यालयबाट ‘जन्मदिन...
रवि लामिछानेलाई धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

समाचार
काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।]   साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा लामिछानेलई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले आदेश दिएको हो ।
निर्माणाधीन झोलुङ्गे पुलबाट खसेकामध्ये एक जनाको शव भेटियो

निर्माणाधीन झोलुङ्गे पुलबाट खसेकामध्ये एक जनाको शव भेटियो

समाचार
काठमाडौं । सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ।   बुधबार बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रूकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए।   रूकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।   बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए। सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट उनीहरू खसेका थिए। बुधबार घटनाको केही समयपछि गएको सशस्त्रको गोताखोर टोलीले अबेरसम्म खोज्दा पनि फेला पार्न स...
रवि लामिछानेमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

रवि लामिछानेमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

समाचार
काठमाडौं । चितवनको सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।   न्यायाधीस दयाराम ढकालको इजलासमा बहस सकिएको हो । आजै आदेश सुनाउने तयारी इजलासको छ ।   रविका तर्फबाट आज पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले बहस गरेका छन्। ...