१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रम सम्पन्न

शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रम सम्पन्न

समाचार
काठमाण्डौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी बृत महाराजगंज र मालीगाउँको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। त्यस अवसरमा पूर्व सचिव एवं पूर्व महालेखा परीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्व उपरथी शिवराम प्रधान, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षकद्धय कमल सिंह बम र निरज शाही, पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्ल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द  विशेष अतिथि रहनुभएको थियो। ...
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ निसीखोला गाउँपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् ।   पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुन्दरलाई काठमाडौं महानगरपालिका-२२ बाट मंगलबार तथा किरणलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । &nbs...

नेपाली बजारमा बिहीबार सुनको भाउ बढ्यो ३०० रुपैयाँ

समाचार
काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।   बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। ...
३४ वर्ष अघिको ज्यान मुद्दामा दम्पती पक्राउ 

३४ वर्ष अघिको ज्यान मुद्दामा दम्पती पक्राउ 

समाचार
काठमाडौं । ३४ वर्ष अघिको एउटा कतर्व्य ज्यान मुद्दामा तीन वटै अदालतबाट २० वर्ष कैद सजाय तोकिएका एक दम्पतीलाई प्रहरीले पक्राउपछि बुधबार सार्वजनिक गरेको छ।   साबिक हाँसिपुर गाविस वडा नं. १ र हालको राजपुर गाउँपालिका–९ घर भएका ८१ वर्षीय जितबहादुर नेपाली र उनकी ५६ वर्षीया श्रीमती नमी दमेनी दम्पतीलाई प्रहरीले फागुन १९ गते कपिलवस्तुबाट पक्राउ गरी दाङ ल्याएको थियो।   २०४७ /११/०२ गते यो दम्पतीले बच्चा जन्माई हत्या गरी खाडल खनी बारीमा पुरी फरार भएको अभियोग थियो।   सोही कतर्व्य ज्यान मुद्दामा जिल्ला अदालतले २०५७/०६/०९ गते सर्वश्वसहित जन्म कैदनको फैसला सुनाएको थियो। त्यसपछि तत्कालीन पुनरावेदन अदालत तुलसीपुरबाट २०५९/०२/०६ गते जन्मकैद २० वर्ष फैसला सुनाएको थियो। त्यस्तै सर्वोच्च अदालतले २०६१/०४/१४ गते २० वर्ष कैद सजाएको फैसला सदर गरेको थियो।   त्यो सम...
नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ।   नेप्से २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको हो। बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।     गत कारोबार दिन अर्थात् बुधबार १० अर्ब ९७ करोडको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब १० करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा ८७ करोड रूपैयाँ कमी आएको हो। आज ३१० वटा धितोपत्रको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन भुगोल इनर्जी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।     उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७४३ रूपैयाँ ६० पैसा र एक हजार ६७२...
सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन्: प्रचण्ड

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन्: प्रचण्ड

Breaking News
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली जनताको बलबाट हटाइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताएका छन्।   जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको बताए।   उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।   ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ उनले भने, ‘पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुँदैन।’   ...
पत्रकारको पास निलम्वन गरेकोप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण

पत्रकारको पास निलम्वन गरेकोप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण

समाचार
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रश्न सोधेका आधारमा पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको छ । पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न  सङ्घीय संसद्समक्ष आग्रह गरेको संघका अध्यक्ष  मुकुन्द ढुंगानाले बताउनुभयो । प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको संघले जनाएको छ । ...
ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जान्छ : मेयर चिरिबाबु महर्जन

ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जान्छ : मेयर चिरिबाबु महर्जन

Breaking News
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जाने बताउनु भयो । नेप्सेम्याक ग्रुपको आयोजनामा रक्तदान,प्रशिक्षण,सम्मान तथा वनभोज सहित बार्षिक सद्भावना भेला — २०८१मा प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै उहाँले सोकुरा बताउनु भएको हो । प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जसले जति फुर्ति गरेपनि १० दिन उपत्यकाको फोहर नउठ्ने हो भने यहाँको सबैको हालत उहि हुने भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधान गर्न स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट म्यानेजमेन्ट सिस्टममा जानुपर्ने कुरामा आफु सहमत भएको बताउनु भयो । यसमा स्थानिय सरकार,स्थानिय नागरिक र यो बिषयमा कार्यगर्ने संघ संस्था र कम्पनिहरु बराबर जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । मेयर महर्जनले ललितपुर सफा हुनुमा नेप्सेम्याक ग्रु...
प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।...
कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।...