बाईकको चेनमा सल अड्कीएर काभ्रेकी मेनुका गौतमको मृत्यु
राजकुमार हुमागाई / घटना स्थलबाट हिमाल घिमिरेको रिपोर्ट
काभ्रे । काभ्रे बेथानचोक १ च्याम्राङ्गबेसिमा सुसुराको निधन पछि माइतीमा रहेकी बुहारी किरिया बस्न घर फर्कने क्रममा बिच बाटोमै दुर्घटनामा परि निधन भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका वडा नं १ का भीम प्रसाद गौतमको शनिवार बिहान घरमै निधन भएको थियो । गौतमकी साहिँली बुहारी मेनुका गौतम मकवानपुर हेटौंडा माइतीमा थिइन् ।
गौतमको निधन पछि उनी आइतबार ससुराको किरिया गर्नका लागि घर फर्कर्ने क्रममा उनको बिच बाटोमै निधन भएको हो । मकवानपुरको फापरबारी सम्म सार्वजानिक बसमा आएकी उनले ललितपुर हुँदै काभ्रेसम्म पुग्नका लागि जेठाजूका छोरा (भतिजा)लाई बोलाइ उनले चलाएको मोटरसाइकलमा घर फर्कर्दै गरेको बुझिएको छ ।
अपरान्ह ४ बजेको समयमा मोटरसाइकलमा गुडीरहेकै बेला गौतमले ओडोको सल बाइकको चेनमा अड्किए पछि उनी सलमा बेरिएर सडकमा खसेको बताइएको छ ।
उनको घटना...









