३ माघ २०८२, शनिबार

Author: तुफान न्यूज

विदेशको यात्रा-“सपनाको खोजी र जीवनको संघर्ष”:अंक बाेहाेरा  

विदेशको यात्रा-“सपनाको खोजी र जीवनको संघर्ष”:अंक बाेहाेरा  

राजनीति, विचार, शिक्षा
विदेशको यात्रा-"सपनाको खोजी र जीवनको  संघर्ष "- ✍️विदेशको माटोमा लेखिएको नेपालीहरूको जीवन यात्रा केवल सुन्दर सपनाको माला होइन, यो एउटा अथक संघर्ष, आँसु र पसिनाको गाथा पनि हो। हिमालको काखमा जन्मेका हामी पौरखी र साहसी मानिसहरू वा युवा शक्तिहरूले विदेशिनु भन्दा अगाडि "बिदेस" शब्दमा जति सपना देख्छौं त्याे भन्दा धेरै गहन यथार्थले हाम्रो आउने दिनहरूलाई गिज्याइरहेको हुन्छ, र भविष्य कस्तो हुने भन्ने कुराले एकोहोरो सताइरहेको हुन्छ। सर्सर्ती हेर्दा आम नेपालीको चाहना जस्तो परिस्थिति जो निर्माण भएको छ यो आम नेपाली नागरिकको लागि निकै दुर्भाग्यपूर्ण कुरा हो। आफ्नै देशमा जीवन जिउने सुन्दर चाहना हुँदाहुँदै तमाम नेपाली युवाहरू सामान्य आवश्यकता पनि पूरा गर्ने उचित विकल्प नहुँदा विदेश जानुपर्ने बाध्यताको जसरी शिकार बन्नुपरेको छ यसको एकमात्र र प्रमुख कारण राजनीति र राज्य व्यवस्था नै हो। एक प...
“संकटमा समाजवादी आन्दोलन”- सन्दिप खड्का

“संकटमा समाजवादी आन्दोलन”- सन्दिप खड्का

राजनीति, विचार
✍️विश्व ब्रह्माण्डका सम्पूर्ण बस्तुको विकास र विनाश अनिवार्य हुन्छ। यो प्रकृतिको अकाट्य नियम हो। पृथ्वीमा मानव उत्पत्ति भएसँगै क्रमशः मानव समाज निर्माण भयो र विभिन्न चरणहरू पूरा गर्दै विश्व मानव समाज आज यो अवस्था सम्म आइपुगेको छ। भनिन्छ मानिस संसारको सर्वश्रेष्ठ र असन्तुष्ट प्राणी हो। "आज मानिस अनेकौं खोज, अध्ययन, अनुसन्धान, त्याग, समर्पण, निरन्तरको संघर्ष र प्रयासले मानव समाज आज भूमण्डलीकृत पूँजीवाद सम्म आइपुगेको छ"। यो मानव समाज हिजोको भन्दा सयौं गुणा सुविधा सम्पन्न छ। यसको मूल कारण विज्ञान प्रविधि, मानव खोज, अध्ययन, अनुसन्धानबाट मानिसले हासिल गरेको ज्ञान र मानव चेतनाले यो कुराको पुष्टि गर्छ। यो विषयको गम्भीरताबाट पनि हामी सहजै अनुमान लगाउन सक्छौं। कि मानिसकै कारण मानव समाज कहिले पनि यथास्थितिमा रहिरहन सक्दैन! हालको अवस्थाबाट परिवर्तित समाज कस्तो हुन्छ र हुनुपर्छ भन्ने च...
आफ्नो बैंक खाता अर्कैलाई चलाउन दिँदा १ करोड बढी ठगीको आरोप

आफ्नो बैंक खाता अर्कैलाई चलाउन दिँदा १ करोड बढी ठगीको आरोप

समाचार
काठमाडौं । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ गर्‍यो।   विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारी प्रति व्यक्ति १४ देखि १५ लाखसम्म संकलन गरी मगरले १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोप छ।   पीडितहरूले मगरविरूद्ध वैदेशिक रोजगार विभाग काठमाडौंमा किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो।   बाँके प्रहरीलाई विभागले पक्राउ गरी मगरलाई पठाइदिन आदेश गरेको आधारमा उनलाई आइतबार पक्राउ गरी सोमबार काठमाडौं पठाइएको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराजा भण्डारीले बताए।   डिएसपी भण्डारीका अनुसार पक्राउ परेकी तिर्सना एक सामान्य व्यक्ति हुन्। उनले कसैलाई पनि जापान पठाउने कुरा गरेकी थिइन...
५ जना मृतावस्थामा फेला

५ जना मृतावस्थामा फेला

समाचार
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की  सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।   यसैगरी सर्लाहीको हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही ठाउँ बस्ने ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।   नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर ठकुरी पनि घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।     यसैऊरी महोत्तरीको गौशाला नगरपालिका-८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५ वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका-५ शान्तिटोल मशानघाटस्थित बाटो छेउमा स...
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव

२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव

समाचार
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विकास गरिने सूचना प्रणाली दीर्घकालीन आवश्यकतालाई हेरेर बनाउन समितिले सुझाव दिएको छ । श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठित समितिले आगामी २० वर्षपछिसम्म हुनेगरी बनाउन सुझाएको हो ।     मन्त्रालय मातहत सञ्चालित सूचना प्रणाली एकीकृत गरी सेवा प्रवाह गर्नेसम्बन्धी अध्ययन गर्न घिमिरेको संयोजकत्वमा १० सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखी सर्भिस खरिद तथा ह्युमन रिसोर्स म्यानेजमेन्ट गर्नुपर्ने सुझाव दिएको हो ।   मन्त्रालयअन्तर्गत जति निकाय छन्, ती सबैका सेवा एकीकृत गरी सर्भरमा आबद्ध गराउने हिसाबले तयार पार्नुपर्ने जनाइएको छ । मन्त्रालयअन्तर्गत रहेका एप्लिकेसन र सर्भरलाई खरिद वा निर्माण गर्दा भविष्यमा मन्त्रालयको सर्भर र नागरिक एपम...
शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु

शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु

समाचार
काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम मा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ।   घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।   गत माघ २४ गते ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका थिए । अन्य घाइते भने खतरामुक्त रहेका बताइएको छ ।
गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

समाचार
काठमाडौं। गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा उनीहरूले आज सम्बन्ध विच्छेद गरेका हुन् । केहि समयअघि एलिनाले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।   एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरु विवाहको ९ महिनामै छुट्टिएका हुन् । एलिनाले विष्णुसँग केही पनि नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।   सम्बन्धविच्छेदपछि एलिनाले स्टाटस लेख्दै सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको बताएकी छिन् ।   एलिनाले भनेकी छन्, ‘प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको...
प्रथम साँगे सम्मेलन २०८१ फाल्गुण ३ मा

प्रथम साँगे सम्मेलन २०८१ फाल्गुण ३ मा

अर्थवाणिज्य, संस्कृति, समाचार
काठमाडौं / साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ। साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ। सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिक...
नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज : बाके जिल्लाको नेपालगन्जमा एक जना युवाको करेन्ट लागेर मृत्यु भयकाे छ । नेपालगंज उप-महानगरपालिका - १८ मा आईतवार अपरान्ह ४ :३० बजे तिर बर्दिया जिल्ला गुलरिया नगरपालिका -७ का १९ वर्षिय राज राठाेरकाे मृत्यु भयकाे हाे । ना ५ ख १४१४ नम्बरको गाडी मर्मत गर्ने क्रममा गाडिको छतमा चढ्ने क्रममा नजिकैको तारले छुयपछि उनलाई करेन्ट लागेकाे हाे । करेन्ट लागे पछि निज राठाेर भुईमा झरे लगतै उनकाे मृत्यु भयकाे प्रहरीले जनायकाे छ ।  ...
स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, स्वास्थ
स्मृतिमा प्रिय भाई नयन - ✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...