१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

अधुरै छन सहिदका सपनाहरु – हस्त बहादुर के सी

अधुरै छन सहिदका सपनाहरु – हस्त बहादुर के सी

राजनीति, विचार
” विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन् , यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् । यदि बन्दुकहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् , यदि राजनीतिक सत्ता छैन भने त्यो पनि त्यो पनि प्राप्त हुनसक्छ , यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पुरै जाल खुल्दछ ।”                                          – माओ त्सेतुङ , Mao : The documents of the proletatian Cultural Revolution in China Vol. 1, P. 283 , Antararashtriya prakashan 127 , New Avas  Vikas Colony Saharanpur  2008. (१) विषय प्रवेश :  महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुदै महान् वैज्ञानिक साम्यवादसम्म पुग्ने उद्श्येका साथ ...
काभ्रेबाट रारा घुम्न आएका एक पर्यटकको मृत्यु

काभ्रेबाट रारा घुम्न आएका एक पर्यटकको मृत्यु

समाचार
काठमाडौं । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।   जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्किएको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक शाहीले जानकारी दिए । उनका अनुसार भुवनमा मोटोपन थियो । हिमपात भएको बेला, चिसो मौस...
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

समाचार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ ।   पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालामो समयदेखि सभामुखका अंगरक्षक थिए ।   उनी सवार स्कुटर सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका-२ मा दुर्घटना भएको थियो । ...
मनकामना दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

समाचार
काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेको छ।   सोमबार बिहान शहीद लखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा गाडी दुर्घटनामा परेको हो।   सडकबाट गाडी खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।   गाडीमा सवार रहेका चितवनको खैरहनी नगरपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको प्रहरी नायव निरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए।   ...
दुई दिनको वर्षापछि काठमाडौंको तापक्रम वृद्धि

दुई दिनको वर्षापछि काठमाडौंको तापक्रम वृद्धि

समाचार
काठमाडौं । गत शुक्रबार र शनिबार भएको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ भने मौसम पनि खुलेको छ ।   प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् ।
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले दिए जबाफ

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले दिए जबाफ

समाचार
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले जबाफ दिएका छन्।   मेयर शाहले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गरेका हुन्।   नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय काठमाडौं महानगरमा कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्नेमा मेयर शाहको ध्यान पुग्न नसकेको उल्लेख गरेका थिए।   ‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन,’ एमाले महासचिव पोखरेलले भनेका थिए।   एमाले महासचिव पोखरेलका आरो...
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग) सहिद सप्ताहकाे अवसरमा सहिदका परिवारलाई अभिनन्दन ,सम्मान तथा संगठन निर्माणमा तिब्रता दिईरहेका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग" सहिद सप्ताहकाे अवसरमा लुम्बिनी र गण्डकीका विभिन्न जिल्लाहरुमा पुगेर जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति र विभिन्न आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरुका आफन्तलाई भेटेर अभिनन्दन तथा सम्मान ब्यक्त गरेका छन । साथमा स्थायी कमिटी सदस्य विनाेद थापा "अवशेष " "पाेलिटब्युराे सदस्य मुक्ति राम गैरे "दिग्दर्शन",केन्द्रीय सदस्य अर्जुन वलि "टाइगर" लगायतको टाेलि सहिद सप्ताहको अवसरमा लुम्बिनी र गण्डकीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण र सहिद परिवार भेटघाट तथा अभिनन्दन कार्यक्रममा तिब्र रुपमा लागिपरेका छन्। गत माघ १६-१९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा सम्पन्न पार्ट...
पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ । बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ

प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ

समाचार
काठमाडौं। प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।   मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।   उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ । उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस...