नेकपा का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध हिंसाकै अर्को रूप भएको बताएका
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध हिंसाकै अर्को रूप भएको बताएका छन्।
पार्टी कामको सिलसिलामा बिहीबार अछाम पुगेका ‘जनयुद्ध’ का पूर्व सैन्य कमान्डरसमेत रहेका बादलले 'जनयुद्ध'लाई हिंसा भएको बताएका हुन्।
माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म सञ्चालन गरेको 'जनयुद्ध' लाई एमाले नेताहरूले हिंसा र व्यक्ति हत्याको शृंखला भन्दै आएका छन्।
एमाले नेतृत्वले माओवादीको संघर्षको अपमान गरेको भन्दै केही समयअघि प्रतिनिधि सभामा एमाले-माओवादीका सांसदहरूबीच आरोपप्रत्यारोप पनि चलेको थियो।
एमाले सांसद योगेश भट्टराईले 'जनयुद्ध'लाई हिंसाभन्दा माओवादी केन्द्रका सांसद राजन दाहाल लगायतले संसदमै प्रतिवाद गरेका थिए। माओवादीले संसदको अभिलेखबाटै हटाउन माग गरेर विरोध जनाएका थिए।
नेकपा विघटनका बेला एमालेमै रहेका उपाध्यक्ष बादलले अछा...









