चितवन जिल्ला अदालतमा पठाइयो रवि लामिछाने सहित १५ जना विरूद्धको पूरक मुद्दा
काठमाडौं । रवि लामिछाने लगायत १५ जना र ६ वटा संस्थाविरूद्ध साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन सम्बन्धी पूरक मुद्दा मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको छ।
साहारा सहकारीको रकम अपचलन कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने सहितका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा पेस गरेको हो।
सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।
सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी कसुरमा पूरक मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए।
उनका अनुसार ३२ ...









