१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

नेपाल आइपुगे विश्वबिजेता बुफोन

नेपाल आइपुगे विश्वबिजेता बुफोन

समाचार
काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् । उनी आज नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवेले स्वागत गरे ।   इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवलोकनका लागि नेपाल आएका हुन् ।   बुफनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानीसमेत गरेका थिए । बुफनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेलिसकेका छन् । ...
सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय रहेको घरमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय रहेको घरमा आगलागी

समाचार
  काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ।   गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको हो।   उक्त घर स्थानीय रूद्रबहादुर खत्रीको भएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्।   उनकाअनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालयलगायतका सेवा दिँदै आइरहेको थियो।   एक्कासि आगो लागेको थियो। अहिले आगो निभाउने प्रयत्न भइरहेको पनि उनले बताइन्।   'विद्युतीय लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ, अहिलेसम्म आगो निभाउँदैछौं,' उनले भनिन्, 'पालिकासँग दमकल नहुँदा माटो र पानी हालेर निभाउने प्रयास भइरहेको छ।' ...
रास्वपा नेता मोहनजंग थापा अमेरिकी अध्यागमनको नियन्त्रणमा

रास्वपा नेता मोहनजंग थापा अमेरिकी अध्यागमनको नियन्त्रणमा

समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मोहनजंग थापा अमेरिकी अध्यागमनको नियन्त्रणमा परेका छन्।   नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट(आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो। उनलाई के कारणले नियन्त्रणमा लिइएको हो भनेर विस्तृत रूपमा खुलाइएको छैन। तर अमेरिकाको अध्यागमन (आइसिई) को वेभसाइटमा उनी नियन्त्रणमा परेको सूचना राखिएको छ।   थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन्। २०७९ मा रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेनमा कारबाही गरेको बेला थापा पनि निलम्बनमा परेका थिए। तर उनको पछि कारबाही फुकुवा गरिएको थियो।   रास्वपाका सहप्रवक्ता मनिष झाले उनी अध्यागमनको नियन्त्रणमा परेको जानकारी आएको बताए।   ...
सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै काठमाडौं महानगर

सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै काठमाडौं महानगर

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ ।   कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो ।   कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।   यसैबीच, कामपाले ...
ब्राउन सुगरसहित झापाबाट दुई युवक नियन्त्रणमा

ब्राउन सुगरसहित झापाबाट दुई युवक नियन्त्रणमा

समाचार
काठमाडौं। झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।   झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।   नियन्त्रणमा लिइएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् ।   बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहि...
खानेपानीमन्त्री यादव भारत प्रस्थान

खानेपानीमन्त्री यादव भारत प्रस्थान

समाचार
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।   भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिइन् ।   उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुनेछ ।’   भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्...
रुपन्देहीमा युवकको हत्या

रुपन्देहीमा युवकको हत्या

समाचार
काठमाडौं। रुपन्देहीको मायादेवीमा एकजनाको हत्या भएको छ।   रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नं २ दंगचैया बस्ने २९ वर्षीय अनिल भन्ने राकेश सिंह लोधको हत्या भएको हो।   बिहान अवेर घरको बरण्डामा उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए।   रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले लोधको निधार र कन्चटमा चोट देखिएको बताए। ´हामीले मुचुल्का उठाउँदै छौं, गोली प्रहारबाट वा अरु कुनै हतियार प्रहार बाट हत्या भएको भन्ने खुलेको छैन, उनले भने।   ...

जुवाखालबाट ७ जना पक्राउ

समाचार
काठमाडौं। एक लाख ८४ हजार रकमसहित बर्दियाबाट सात जुवाडे पक्राउ परेका छन्।   जिल्लाको बाँसगढी नगरपालिका – ५ बाँसगढी बजारको मुनलाइट होटेलबाट उनीहरु पक्राउ परेका हुन।   उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा बाँसगढी – ५ का ३९ बर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ बर्षीय दयाराम लम्साल, ५२ वर्षीय शिवबहादुर सुनार, ३४ वर्षीय जीवन पौडेल, १९ वर्षीय दिपक सुनार र बढैयाताल गाउँपालिका – ६ रानीपुरका ४१ वर्षीय बिष्णुराज पौडेल रहेका छन्।   ...
इसराइल-हमासबीच पहिलो चरणको युद्धविरामको आज अन्तिम दिन

इसराइल-हमासबीच पहिलो चरणको युद्धविरामको आज अन्तिम दिन

समाचार
काठमाडौं। इसराइल र हमासबीच पहिलो चरणको युद्धविरामको समयावधि आज सकिँदैछ।   माघ ५ गते गजामा युद्धविराम घोषणा भएको थियो। तीन चरणमा हुने भनिएको युद्धविरामको पहिलो चरणको शनिबार अन्तिम दिन हो। पहिलो चरणमा हमासले छाड्ने सम्झौता भएको ३३ बन्धकमध्ये अन्तिम दिन तीन जना छाड्न बाँकी छ। हमासले ८ जनाको शव पनि इसराइललाई दिएको छ।   यसबीच इसराइलले झन्डै १७ सय प्यालेस्टिनी कैदी रिहा गरेको छ। सम्झौता अनुसार इसराइलले ४२ दिनको युद्धविराम अवधिमा २ हजार कैदीलाई जेलमुक्त गर्ने भनिएको छ। पहिलो चरणको युद्धविरामकै क्रममा दोस्रो चरणको युद्धविरामका लागि छलफल अगाडि बढाउने भनिएको थियो।   तर गजामा दोस्रो चरणको युद्धविराम पहलमा अहिलेसम्म ब्रेकथ्रु नभएको कतारी मिडिया अलजजिराले जनाएको छ। हमासका प्रवक्ता हजिम क्वासेमले अल अरबी टेलिभिजनसँगको कुराकानीमा दोस्रो चरणको युद्धविरामका लागि कुराकानी अगाडि न...
विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा कश्यप एकेडेमीको पहिलो उदेश्य हो :  प्रधानाध्यापक आर.बि.अधिकारी

विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा कश्यप एकेडेमीको पहिलो उदेश्य हो : प्रधानाध्यापक आर.बि.अधिकारी

समाचार
काठमाडौं । विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गरि आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीको पहिलो बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ । एकेडेमीकी संस्थापक अध्यक्ष कमला खड्काको सभापतित्व एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण कश्यप एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले गर्नु भएको थियो भने एकेडेमीका संरक्षक गूरु कन्चन घिमिरेको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा प्रमुख टंकलाल गैरे,डा.अङ्गत गौतम,शैली मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रामचन्द्र पोखरेल,प्राध्यापक डा. जिवन अधिकारी,प्रोफेसर डा.मुकुन्दप्रसाद लामिछाने,डा.भोलानाथ ...