प्रकृति लम्सालको घरमै पुगेर नेकपा का वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए श्रद्वाञ्जली
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको उडिसा राज्यस्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्सालको घरमै पुगेर श्रद्वाञ्जली अर्पण गरेका छन् ।
आज रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, कोलोनीमा रहेको घरमै पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रकृतिप्रति श्रद्वाञ्जली एवम् परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
प्रकृतिको तस्वीरमा माल्यार्पण गर्दै उनले परिवारको साथमा आफूहरू रहेको बताए । नआत्तिन र बिचलित नहुन उनले परिवारलाई आग्रह गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल सरकारले गरिरहेको जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य भरत कुमार पोखरेल, एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिकी उपप्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु बहादुर रायम...









