आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द
काठमाडौं । आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक २७२७ विन्दुमा आइपुग्दा नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
उन्नति सहकार्य लघुवित्तको प्रतिकित्ता मूल्...









