१ चैत्र २०८१, शुक्रबार

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७ ग्राम सहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।