२ माघ २०८२, शुक्रबार

Author: तुफान न्यूज

भरूवा बन्दुक १ थान सहित एक जना पक्राउ

भरूवा बन्दुक १ थान सहित एक जना पक्राउ

समाचार
काठमाडौं। लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने ५३ वर्षीय पुन्ना रानालाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
उदयपुरमा २० हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

उदयपुरमा २० हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

समाचार
काठमाडौं। उदयपुरमा २० हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।   सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका ८ पालिकाका ६ देखि १० कक्षासम्म सञ्चालित २ सय ८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र २१ वटा गरी कुल ३ सय ९६ खोप केन्द्रबाट २० हजार १ सय २२ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए ।   जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मंगलबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेरे एचपीभी खोप अभियान तथा समग्र स्वास्थ्य अवस्थासम्बन्धी जानकारी गराएको थियो ।   कार्यालयले दिएको जानकारी अनुसार उदयपुरमा यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन २ गतेसम्म जिल्लाभरका कक्षा ...
हमासले बन्दी बनाएका ८ जनाको मृत्यु : इजरायल

हमासले बन्दी बनाएका ८ जनाको मृत्यु : इजरायल

समाचार
काठमाडौं। इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ । इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ । अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरुलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुईवटा ब्याचमा रिहा गरिनेछ ।   बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् ।   उनीहरूलाइ हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो । इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हम...
रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

समाचार
  काठमाडौं। एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।   सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ यस स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।   आठविसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।   आठविसकोट शाखासहित एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   ...
बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

समाचार
काठमाडौं। बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।     मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।   ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।   गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो।   ...
शिक्षामन्त्री विद्या भट्टराईद्दारा विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष

शिक्षामन्त्री विद्या भट्टराईद्दारा विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष

समाचार
काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्।   नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्।     ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन्। प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) देखि विश्वविद्यालयसम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको शिकार बनेको बताइन्।   शिक्षा क्षेत्रको समस्या समाधान गर्न...
उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
सुर्खेत : अखिल क्रान्तिकारीका नव निर्वाचित उपाध्यक्ष अटल आचार्यले राजनिती जिवनमा संगठनको उपाध्यक्ष हुन्छु भन्ने कल्पना समेत नभयकाे अनुभुति ब्यक्त गरेका छन।आज कर्णाली प्रदेशको राजधानीमा आयाेजित मातृ पार्टी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयाेजना गरेकाे बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम उक्त कुरा ब्यक्त गरेका हुन । सम्बाेधनका क्रममा उपाध्यक्ष आचार्यले भने " मैले राजनीति जिवनमा अखिल क्रान्तिकारीको उपाध्यक्ष बन्ने कल्पना समेत गरेकाे थिइन्, म बिद्यार्थी राजनीतिमा ईकाइ कमिटी हुँदै जिल्ला अध्यक्ष र प्रदेशकाे सचिव पद सम्मा रहदा सम्मा तत्कालीन संगठनका अध्यक्ष नरेन्द्र न्याैपानेले केन्द्रीय कमिटीमा मनाेनयन गरिदिय पछि मलाइ थप राजनीतिक सफलता मिलेकाे महसुस भयाे र याे अवसरबाट मैले मेराे संगठनले बिद्यार्थीहरुका माग पूरा गर्ने सवालमा कतै माेडिन्छ कि भनेर निकै चिन्ता बढेकाे थियाे अहिले याे प...
तामाङ समुदायले राष्ट्रिय पर्वका रुपमा साेनाम ल्हाेछार मनाउँदै

तामाङ समुदायले राष्ट्रिय पर्वका रुपमा साेनाम ल्हाेछार मनाउँदै

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । आज सरकारले पनि साेनाम ल्हाेछार पर्वका अवसरमा सार्वजनिक बिदा दियकाे छ ।...
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे कुन पदमा काे निर्वाचित भय मत परिणाम  सहित हेर्नुहाेस :

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे कुन पदमा काे निर्वाचित भय मत परिणाम सहित हेर्नुहाेस :

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा सहमति हुन नसके पछि माघ १२ गते देशै भरिबाट विभिन्न पदका लागि निर्वाचन भयकाे थियाे । संगठनले उमेरकाे हदबन्दी लगायपछि  विभिन्न पदका लागि विभिन्न ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका थिय । निर्वाचन पछि अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भयका छन, उपाध्यक्षमा- अटल आचार्य, विराज थापा, मदन ढकाल,दिपा जैशि,ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भयका छन, महासचिव पदमा रोशन थापा मगर निर्वाचित भयका छन, उपमहासचिव पदमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की,सचिव पदमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, ...
श्रमिक कम्युनिस्ट पार्टीको बिशेष राष्ट्रिय सम्मेलन सुरु

श्रमिक कम्युनिस्ट पार्टीको बिशेष राष्ट्रिय सम्मेलन सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय सम्मेलन सुरु भयकाे  छ । गत बैशाखमा गठन भयकाे पार्टी काे बिशेष  राष्ट्रिय सम्मेलन आज बाट सुरु भयकाे पार्टीका राष्ट्रिय सम्मेलन आयाेजक कमिटी सदस्य विनय राज गाैतम माधवले जानकारी दिए । पार्टी भित्र केहि  अराजक ब्यक्तिहरुकाे निष्कृता देखिय पछि देशै भरिका झन्डै दुई सय भन्दा बढि प्रतिनिधि र प्रवेक्षकहरुकाे सहभागीतामा पार्टीको राष्ट्रिय सम्मेलन आज देखि सुरु भयकाे बतायका छन । माघ १९ गते सम्मा चल्ने सम्मेलन पछि पार्टीका कार्यक्रमहरु सम्मेलन सम्पन्न पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेता विनयराजले बताय ।...