३ चैत्र २०८१, आईतवार

हङकङमाथि नेपालको ६ विकेटको जित

काठमाडौं । युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

 

नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले लिग चरणका छ मध्ये दुई खेलमा जति निकाल्दा चार खेलमा पराजित भयो।

 

चार खेलमा पराजित भएपछि नेपाल फाइनलमा पुग्न असफल भएको थियो। अब नेपालले तेस्रो स्थानको खेलमा हङकङसँगै नै खेल्नेछ।

 

नेपालले नामिबियाविरूद्धका दुवै खेलमा पराजय भोग्यो। युगान्डा र हङकङसँगका एक-एक खेलमा जित निकाल्दा एक एक खेल हार्‍यो।

युगान्डामा शुक्रबार हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।