विराटनगरको बजेट ४ अर्ब ४० लाख, पूर्वाधारमा जोड
काठमाडौं। विराटनगर महानगरले ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
यसपटक महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताएको छ।
आगामी आर्थिक वर्ष २०८२–८३ का लागि महानगरपालिकाको मंगलबार आयोजित १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेकी हुन्।
उनले नीति तथा कार्यक्रम र बजेटमार्फत महानगरको पूर्वाधार विकास र वडास्तरीय योजना कार्यान्वयनमा जोड दिइएको बताइन्।
बजेट कार्यान्वयन गर्न आयतर्फ वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघ संस्थाबाट १६ लाख र चालु आर्थ...









