नुवाकोटमा धान रोपाइँ सम्पन्न, राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुक आत्मनिर्भर हुने : जीवन सी
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी बिदुर नगरपालिका–शेराफाटस्थित ५ रोपनी क्षेत्रफलमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम पार्टीको आत्मनिर्भरता निर्माण अभियान अन्तर्गत सञ्चालन गरिएको हो । “श्रमलाई सम्मान गरौँ, श्रम संस्कृतिको निर्माण गरौँ” भन्ने नारासहित आयोजना गरिएको रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सिर्जन सी, केन्द्रिय प्रतिनिधि सदस्य जीवन सी,युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज बासु सी, जिल्ला सचीवलय सदस्य राम कुमार सी, जिल्ला सदस्यहरु हिरा लाल सी, कल्पना सी तथा जबस–मोर्चाका नेता–कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले श्रम र उत्पादनलाई पार्टी कार्यदिशासँग जोड्दै राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने धारणा राखेका थिए । उनीहरूले...









