बाँसको भर्याङ राखेर कौसीमा गए, खुकुरी देखाएर गरे लुटपाट
काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित एक घरमा लुटपाट भएको छ।
ललितपुर महानगरपालिका-२८ हरिसिद्धी हसना इट्टाभट्टानजिकै रहेको एक तले पक्की घरमा लुटपाट भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
उक्त घरमा रजनी महर्जन र उनकी छोरी रविना महर्जनमात्रै बस्दै आएका थिए। घरमा आइतबार राति करिब साढे १ बजेतिर कोही प्रवेश गरेको आवाज आएको थियो।
आमाछोरी सुतिरहेको बेलामा चार जनाको मानिस घरको छतबाट घरभित्र प्रवेश गरेका थिए। बाँसको भर्याङ राखेर उनीहरू घरको कौसीमा पुगेका थिए।
घरभित्र पस्न ढोकाको चुकुल फुटाएको आवाजले आमाछोरी ब्यूँझेका थिए। अनुहार ढाकेर आएका चार जनाको साथमा खुकुरी पनि थियो।
खुकुरी देखाएर उनीहरूले करिब १ तोला बराबरको सुन र नगद करिब ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए।
उनीहरूले रजनीले लगाएको सुनको टप, तिलहरी लगेक...









