९ बैशाख २०८२, मंगलवार

Author: तुफान न्यूज

रोड रोलरले किचेर स्युचाटारमा एक जनाको मृत्यु, चालक पक्राउ

रोड रोलरले किचेर स्युचाटारमा एक जनाको मृत्यु, चालक पक्राउ

समाचार
काठमाडौं । काठमाडौंको स्युचाटारमा रोड रोलरले किचेर एक जनाको मृत्यु भएको छ। कलंकी स्युचाटार निर्माण सडकखण्डमा शुक्रबार बिहान एक पुरूषको शव भेटिएको थियो। अनुसन्धानको क्रममा ती पुरूष धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरूङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एसपी काजिकुमार आचार्यले जानकारी दिए। 'निर्माणधीन सडकमा मानिस ढलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,' एसपी आचार्यले भने, 'अनुसन्धान गर्ने क्रममा रोड रोलरले किचेर मृत्यु भएको खुल्यो।' अहिले रोड रोलर चालक मकवानपुर घरभई नागार्जुन नगरपालिका १० बस्ने उमेश स्याङताङ पक्राउ परेका छन्। उनीसँग रोड रोलरको सवारी चालक अनुमती पत्र (लाइसेन्स) समेत नभएको एसपी आचार्यले जानकारी दिए।   ...
नेपाल राष्ट्र बैङ्कलद्दारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैङ्कलद्दारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

समाचार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५  पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ र एक डलरको खरिददर १३८ रूपैयाँ ३६  पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा थियो।   युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। शुक्रबार युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा तोकिएको छ। त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर ८८ रूपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा थियो। &...
काठमाडौंका यी स्थानमा आज ५ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज ५ घन्टा विद्युत अवरूद्ध हुने

समाचार
काठमाडौं । काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत अवरूद्ध हुने भएको छ।   नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।   उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ।   ...
रूपन्देहीको नमुना सामुदायिक विद्यालय जहाँ पढाइसँगै दिइन्छ पञ्जेबाजा बजाउने तालिम

रूपन्देहीको नमुना सामुदायिक विद्यालय जहाँ पढाइसँगै दिइन्छ पञ्जेबाजा बजाउने तालिम

समाचार
काठमाडौं । रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै नवीन कार्यक्रम सुरु गरेको छ। विद्यार्थीलाई आत्मनिर्भर र व्यवसायिक रुपमा सक्षम बनाउने उद्देश्यले लोक भजन र पञ्चेबाजाको तालिम दिंदै आवश्यक उपकरण समेत उपलव्ध गराएको हो।   पहिलो चरणमा भजन समूह र पञ्चेबाजा समूह तयार पारेर व्यवसायिक रुपमै खटाउन उपकरण समेत उपलव्ध गराइएको छ। यसरी तालिम र उपकरण पाएका विद्यार्थीको समूहले स्कूल समयका अतिरिक्त व्यवसायिक रुपमै भजन गाउने र पञ्चेबाजा बजाउन सक्नेछन् भने स्कुल तहपछि पेसाकै रुपमा अपनाउन पनि सक्नेगरी अवधारणा बनाइएको विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताए।   विद्यालयले पहिलो चरणमा आन्तरिक स्रोतबाट दुई लाख रुपैयाँ लगानी गरेर बाजा खरिद गरी विषयविज्ञका शिक्षक र प्रशिक्षक मार्फत विशेष तालिम उपलव्ध गराएको पुरी...
माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् । गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

समाचार
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको हो । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा डा ब्रम्हदेव झालाई मनोनयन गरेको छ ।   प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुको विद्यमान तलव भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।   प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मरुपमा निर्णय लिन तथा सम...
रिंकु सदा मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान हुँदै

रिंकु सदा मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान हुँदै

समाचार
काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरू भएको छ। सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरूद्ध पूरक जाहेरी दर्ता गरेका थिए।   कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए। ‘यस घटनाका विषयमा हामीले सुरूबाटै गहिरो अनुसन्धान गरिरहेका छौं। पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ,’ उनले भने।   गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामू...
बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन : प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत

बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन : प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत

शिक्षा, समाचार
ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि वन तथा वातावरण राज्यमन्त्री रुपा वि.क.ले नेपालको पहिलो हरित विद्यालयले गरिरहेका उदाहरणीय कार्यहरूलाई सरकारले अनुमोदन गरी देशभर यस्ता विद्यालयहरूको विकास गर्नुपर्ने बताउनु भयो। साथै, सरकारले हरित विद्यालय अवधारणालाई नीति स्तरमै अघि बढाइरहेको हुनाले विद्यालयसँग सहकार्य गर्दै आवश्यक नीतिगत पहल गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। कार्यक्रममा विशेष अतिथि तथा विद्यालयका संस्थापक संस्था बज्र फाउन्...
बसन्तपुरमा ३१ वर्षीय युवकको हत्या, १८ वर्ष मुनिका २ जना पक्राउ

बसन्तपुरमा ३१ वर्षीय युवकको हत्या, १८ वर्ष मुनिका २ जना पक्राउ

समाचार
काठमाडौं। काठमाडौंमा एक युवकको हत्या भएको छ ।   हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। उनको पहिचान खुल्न सकेको छैन । हत्या आरोपमा दुईजना युवक पक्राउ परेका छन् । उनीहरूको उमेर १८ वर्षभन्दा कम छ ।   उनीहरू हत्या स्वीकार गरेका बताइएको छ । झगडाका क्रममा उनीहरूले युवकको टाउकोमा बाँसले हानेको बयान दिएका छन् । थप अनुसन्धान भइरहेको छ । ...
हत्या गरेर परालको थुप्रोमा लुकाएको अवस्थामा महिलाको शव फेला

हत्या गरेर परालको थुप्रोमा लुकाएको अवस्थामा महिलाको शव फेला

समाचार
काठमाडौं। रुपन्देहीमा महिलाको हत्या गरेर शव परालको थुप्रोमा राखिएको अवस्थामा फेला परेको छ ।   सियारी गाउँपालिका–२ मा ४५ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको पहिचान खुलेको छैन । उनको टाउकोमा चोट देखिएको छ ।   प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको छ ।