मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण
काठमाडौं । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईको अतिथ्यतामा प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले कृति लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए ।
उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे । स्रष्टा एवम् समालोचक महेश पौड्यालको उद्घोषण रहेको उक्त समारोहमा प्रा.डा. हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए ।
यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्...








