२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।
...
काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो ।
नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ ।
यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु...
२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए ।
शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे ।
तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् ।
यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।
सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानगरिएको थियो ।...
आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो ।
सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...
काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस, नेपाली काङ्ग्रेसलगायत पार्टीका नेता–कार्यकर्ता पनि छन् ।
नेकपा (बहुमत) मा प्रवेश गर्ने विप्लव समूहका जिल्लास्तरीय नेताहरूमा शारदा अधिकारी (कैलाली जिल्ला सदस्य), कटक थापा (कैलाली जिल्ला सदस्य), पान्सरा विकलगायत छन् ।
त्यसैगरी राजबहादुर बिस्ट नेकपा (एकीकृत समाजवादी युवा सङ्गठनका लम्की इन्चार्ज तथा एसका जिल्ला सचिवालय सदस्य), रङ्ग बटाला (नेकपा समाजवादी केन्द्र का जिल्ला सचिवालय सदस्य), चक्र बिस्ट (नेकपा एसका नगर समिति सचिवालय सदस्य), पद्मा शाही (राप्रपा नगर समिति सदस्य), डिल्ली बटाला (नेपाली काङ्ग्रेस), पुर...
नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि देशी विनिमय दरभाउ तोकेको छ।जसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुन को कति?...
देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको छ ।
मौसमविद् अधिकारीका अनुसार अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि (नोभेम्बर ८ तारिखमा) १२.५ डिग्री सेल्सियस थियो। तर यस अगाडि नोभेम्बर ३ तारिखमा भने काठमाडौं उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार तापक्रम घटीबढी हुने भए पनि मूलतः घट्दो क्रममै छ।
देशका अन्य स्थानका न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ...
२४ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणमा सोधेको छ ।
नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो ।
‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगले केसीलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘ तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्व...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड ले अहिलेको नेपालको राज्यसता र यसका अवयवहरु विदेशी साम्राज्यवादी र दलालहरुको स्वार्थको रक्षाकवचमा बदिलिएको बताएका छन् । तीन कम्युनिस्ट पार्टीद्वारा काठमाडौँको शान्तिबाटिका बिहीबार आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
एमसीसी पास गरि सकेपछि अमरेकी स्वार्थलाई पूरा गर्ने एउटा टुल्सको रुपमा नेपालका दलहरूको गठबन्धन निर्माण हुन पुगेको र त्यसले मुलुकमा अझ संकट थपिन जानेतर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने,-” नेपाल इतिहासमै अहिले सर्वाधिक खतरामा छ । यहाँको राज्य र संविधानको कारण यस्तो समस्या आएको हो । अहिलेको राज्यले नेपालका मजदुर, किसान बेरोजगार युवा र देशभक्त तथा हाम्रो माध्यम वर्गको प्रतिनिधित्व गर्दैन । यसले त साम्राज्यवादी डाकाहरुको मात्रै प्रतिनिधित्व गर्छ भन्ने...