११ फाल्गुन २०८१, आईतवार

Author: तुफान न्यूज

भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, गोरखा । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।...
प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट ...
प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन, म चाहिँ अब उमेरको अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग, गल्लीगल्ली पुग, सबै ठाउँ पुग, अब मसँग त्यो इच्छा छैन’ उनले भनिन् । भुसालले अब युवाले अवसर पा...
याे शहरमा

याे शहरमा

कविता
याे सहरमा झूट मूल्यवान् हुन्छ सत्यको लिलामी हुन्छ न्याय बन्धक बनाइन्छ अन्याय स्वतन्त्रतापूर्वक विचरण गर्छ घृणाको आगोमा जलेर प्रेम खरानी हुन्छ सहरको कोलाहललाई समेत मात दिँदै साइरनको गुन्जायमान ध्वनिले आमजनलाई त्रसित पार्दै शासकहरूको सवारी हुन्छ मान्छेले आफ्नो सबै आत्मस्वाभिमान बन्धकी राखेर आफैँलाई बेच्छ– देश बेच्छ र लम्पसार पर्छ भनेर साध्य नहुने अरू नि धेरै थोक हुन्छ नि महोदय यो सहरमा ! यो सहरमा नहुने त केवल गरिखानेहरूका लागि एउटा कुना नसिब हुँदैन खाडी पस्न लागेको युवाको आँसुको कुनै मोल हुँदैन साहूले सताएका किसानको रुवाइ र चिच्याहटको कुनै सुनवाइ हुँदैन सर्वस्व त्यागेर अन्यायका विरुद्ध लड्न हिँडेकाहरूलाई कसको साथ हुँदैन ! यस्तै हो संवेदनहीनताले भरिएको यो सहर जहाँ आमजनका न्यायपूर्ण आवाजहरू विलोप पारिदिने कर्कश ध्वनिको कोलाहल मात्रै छ !!...
अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
वासिङटन डिसी : अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेको हुन्। यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो। ४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरेाको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन । आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगिन...
यलन मस्क ट्विटर काे  सीईओ आफैं बन्ने तयारीमा

यलन मस्क ट्विटर काे सीईओ आफैं बन्ने तयारीमा

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, सुचना संचार
वासिङटन डिसी : एलन मस्क ट्वीटरको मालिक बनेलगत्तै उनले ४ शीर्ष अधिकारीलाई हटाएका छन्। उनी आफैं ट्विटरको सीईओ बन्ने तयारीमा रहेका सञ्चार माध्यमहरुमा रिपोर्ट छ। ब्लूमबर्गको रिपोअनुसार मस्क आफैं सीईओ बन्ने तयारीमा रहेका हुन्। उनले हटाएका  ४ शीर्ष अधिकारीमध्ये दुई भारतीय पराग अग्रवाल र विजया गड्डे पनि समावेश छन्। पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। सोही समयमा कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट प्रतिबन्ध लगाएपछि चर्चामा आएका थिए।...
नेपाली कांग्रेसले गर्याे संकल्प  पत्र सार्वजनिक

नेपाली कांग्रेसले गर्याे संकल्प पत्र सार्वजनिक

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौं : नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर द‍ेउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्। तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा सूचना निकालेर स्थगित भएको थियो । कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ। कांग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार नारा तय गरेको छ। १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ।...
नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ । स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्...
खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
चितवनको माडीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ। आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्यामा संलग्न आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको छ भने घटनास्थलमा खुकुरी भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।...
चिनी निर्यातमा एक बर्ष  प्रतिबन्ध : भारत

चिनी निर्यातमा एक बर्ष प्रतिबन्ध : भारत

Breaking News, अन्तर्राष्ट्रिय, कृषि, विगन्यूज, सुचना संचार
भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ। शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो। गत मे महिनामा निर्यात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र घरेलु बजारमा चिनीको भाउ बढेको भन्दै भारतले चिनी निर्यातमा प्रतिबन्धको निर्णय गरेको थियो। यसअघि भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनको आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए। विशेषगरी भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी नर्यातमा रोक लगाएको थियो। भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार ...