१७ बैशाख २०८३, बिहीबार

Author: तुफान न्यूज

जन आकाशको १७ औ बार्षिकोत्सवमा “कृपज” सार्वजनिक हुने

जन आकाशको १७ औ बार्षिकोत्सवमा “कृपज” सार्वजनिक हुने

शिक्षा, समाचार, सुचना संचार
काठमाडौ । जन आकाश साप्ताहिक पत्रिकाको १७ औं बार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले लेख्नुभएको “कृपज” नामक पुस्तक सार्वजनिक हुने भएको छ । नेपालमा कृपज अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको तर्कछ । उक्त कृपज कृति जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो । पुस्तकमा नेपाल विकास गर्न कृपजको अवधारणवाट सम्भव छ भनेर अहिले विदेशमा रहनुभएका युवा पुस्तलाई सुझाव सहितको उत्साहित बनाउने लेखहरु पुस्तकमा पढ्न पाइने कार्की बताउनुहुन्छ । लेखक कार्कीले हिमाल–पाहाड–तराई भूगोलको आधारमा जमिनहरुलाई बर्गीकरण गरेर देशको कृषि प्रणालीलाई आधुनीकिकरण गरेर लैजान सुझाव सहितको तर्क पुस्तकमा रहेको कार्कीले यस हाम्रो मिडियालाई कुराकानीको क्रममा बताएका हुन् । कार्कीले यो भन्दा अगाडी पनि माइली नामक उपन्यास पुर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख अति...
भोली देखि तारकेश्वर नगरपालिकामा विशेष पोलियो खोप अभियान सुरु हुने

भोली देखि तारकेश्वर नगरपालिकामा विशेष पोलियो खोप अभियान सुरु हुने

समाचार, स्वास्थ
काठमाण्डौं । तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ ।तारकेश्वर नगरपालिकाको ११ वटै वडाबाट एक साथ सुरु हुने यस अभियान श्राबण १२ गते सम्म चल्नेछ । विशेष पोलियो खोप अभियान अन्तरगर्त जन्मीए देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई घर घरमा पुगेर पोलियो थोपा खुवाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । यस अभियानमा तारकेश्वरका करिब ४१ हजार ३ सय ६२ घर धुरीमा रहेका १७ हजार ४ सय १५ बालबालीकाहरुलाई पोलियो थोपा खुवाइने छ । यस कार्यक्रमका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडामा कार्यरत १६५ महिला स्वास्थ्य स्वयमसेवीका सहित ८७० भ्याक्सीन टोली परिचाल हुनेछन् । पोलियो उन्मुलन घोषणा भएको करिब २० बर्ष पछि काठमाण्डौंको टुकुचा खोलामा पानी परिक्षणको क्रममा पोलियोको जिवाणु भेटिएपछि सरकारले भोली देखि काठमाण्डौ उपत्यकाको ...
बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :बाढी-पहिरोलगायतका विपदमा परि आज सम्म  मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ भने १४४ जना बिपद जाेखिममा परि घाइते भयका छन् ।विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घाइतेहरुकाे बिभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् ।...
अखिल नेपाल महिला संघ गौरीगङ्गा नगर कमिटी वडा नं १ र २ को सम्मेलन सम्पन्न

अखिल नेपाल महिला संघ गौरीगङ्गा नगर कमिटी वडा नं १ र २ को सम्मेलन सम्पन्न

Breaking News
काठमाडौं । अखिल नेपाल महिला संघ कैलाली जिल्ला, गौरीगङ्गा नगर कमिटी वडा नम्बर १ र २ को सम्मेलन नयाँ वडा कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । गौरीगङ्गा नगर कमिटी कार्यवहाक अध्यक्ष निरु बुढाको अध्यक्षता तथा अखिल नेपाल महिला संघ कैलाली जिल्ला अध्यक्ष लक्ष्मी के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम महिला नेत्री सुमन सिलाधरले सन्चालन गर्नु भएको थियो । सम्मेलनले वडा नम्बर १मा दुर्गा थापाको अध्यक्षतामा १५ सदस्यिय वडा कमिटी गठन भएको छ भने वडा नम्बर २ मा गोमा थापा जेठाराको अध्यक्षतामा ९ सदस्यिय वडा कमिटी गठन भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी के.सी.ले संगठनको बिधान,निति तथा कार्यक्रमको बारेमा बोल्दै संगठनलाई मजबुद बनाउन सदस्यता नविकरण र निरन्तरताको बारेमा प्रष्ट पार्नु भयो । प्रमुख अतिथि लक्ष्मी के.सी. तथा कार्यक्रम सन्चालिका सुमन सिलाधरले क...
अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भयका छन ।तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि...
सचेतना नागरिक संस्थाद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न

सचेतना नागरिक संस्थाद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :सचेतना नागरिक सस्था नेपाल आयोजनामा श्री तारकेश्वर धाममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न भयकाे छ । २०८१ असार २३ गते पूर्वीङ्ग तथा समुद्घाटन भयकाे कार्यक्रम असार २४ गते देखि असार ३० गते सम्म भाग्वत पाठ पारायण तथा कथा प्रवचन प्रमुख वाचक पन्डित श्री विष्णु प्रसाद अर्याल ज्यूको मुखारविन्दुबाट भयकाे पितृ उद्धार तथा श्रीम‌द्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ ३१ गते आज हजारौं भक्तजनहरुकाे सहभागीतामा समापन भएको हाे, प्रचार -प्रसार समितिका संयोजक कृष्ण खड्का ले जानकारी दिए। सचेतना नागरिक संस्था नेपालले विभिन्न सामाजिक रुपान्तरण र जन सचेतनाका कार्यक्रम संचालन गर्दै आहिरहेको छ । केहि समय अगाडि काब्य म्युजिक अवर्द मा पनि सहकार्य गरेको खड्काले बताए ।सचेतना नागरिक सस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको माता स्वर्गीय रुकु उप्रेती , हजुरबुबा वीर बाहादुर उप्रेती ,हजुरआमा...
एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रप...
अनेरास्ववियु क्रान्तिकारीकाे संयोजकमा ईन्जिनियर -भट्ट, ४१ जना केन्द्रीय कमिटि गठन

अनेरास्ववियु क्रान्तिकारीकाे संयोजकमा ईन्जिनियर -भट्ट, ४१ जना केन्द्रीय कमिटि गठन

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)  नयाँ संस्कार र प्रविधिको प्रयोग गर्दै बिशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । सनिश्चवार काठमाडौंमा सम्पन्न भेलामा जनता – पार्टी/संगठन – नेता बिचकाे खाडल मेटाउने उदेश्यले प्रमुख अतिथि र अतिथिहरु मन्चमै नबसि सहयात्रीहरु संगै बसेर नयाँ संस्कारकाे थालनी गरिएको छ । मंचमा जान, अतिथिहरु लस्कर लागेर भाषण गर्न तछाडमछाड गर्ने, मंचमा उभिएर आफुलाई महान ठान्दै सहयात्री र जनताहरुमा नाेक्करशाहि चरित्रकाे व्यवहार प्रदर्शन गर्ने रवैया र प्रवृत्तिले सहयात्रि र जनताहरु याे प्रवृत्तिबाट आजित भएकोले यस्तो खाले परम्परालाई अन्त्य गर्ने उदेश्यले याे निति व्यवहार मै लागु गरिएको नेता विनयराजले बताय । यहीँ कुरालाई लागु गर्दै प्रमुख अतिथि  पार्टी,  संयाेजक समरजंग दर्शक दिर्गा मै बसेर माैनधारण गरेका थिय भने...
बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

Breaking News, माैसम, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ । शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह "समरजंग"द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी - पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गह...
पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...