५ माघ २०८१, शनिबार

रास्वपाकाे केन्द्रीय कार्यलयमा बड्याे भिड

काठमाडौं :गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लागेकाे छ।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए ।

छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए ।

रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।