२८ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

Breaking News, माैसम, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ । शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह "समरजंग"द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी - पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गह...
पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । कांग्रेस, एमाले लगायतका दलले प्रचण्डलाई विश्वासको मत नदिने भयका छन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।प्रधानमन्त्रीले विश्वासको मत लिए पछि आज नै नया सरकार बन्ने ढाेका खुल्ने छ ।...
अनेरास्ववियु(क्रान्तिकारी)ले विशेष भेलाकाे अवसरमा  वृक्षरोपण गर्दै

अनेरास्ववियु(क्रान्तिकारी)ले विशेष भेलाकाे अवसरमा वृक्षरोपण गर्दै

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)ले असार २८ गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । उक्त पार्टी निकट विद्यार्थी संगठनले आफ्नाे बिशेष राष्ट्रिय भेलाको अवसरमा वृक्षारोपण कार्यक्रम गर्न लागेको हाे । संगठनको बिशेष  भेला २९ गते पद्माकन्या क्याम्पस काठमाडौंकाे बाघबजारमा राखिएको छ । श्रमिक कम्युनिस्ट पार्टीले यश अघि मजदुर संगठनको विशेष भेला काठमाडौंमा गरेकाे थियाे भने , क्रमश विभिन्न जनवर्गीय संगठनहरुका भेला तत्काल गर्ने पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक कमिटी सदस्य विनयराजले बताय ।...
नेपाललाई अस्थिर बनाउने खेलमा नेपाली सेनाको प्रयोग किन ?

नेपाललाई अस्थिर बनाउने खेलमा नेपाली सेनाको प्रयोग किन ?

समाचार
काठमाडौँ । बिगत केहि दिनदेखि विभिन्न डिजिटल प्ल्याटर्फम मार्फत नेपाली सेनाको भावी प्रधान सेनापति माथि एकहोरो तरिकाले निरन्तर आक्रमण भई रहेको छ । बास्तवमा यो आक्रमणको प्रयास भावी सेनापति प्रति लक्षित नभई नेपालीहरुले आस्था राख्ने एकमात्र अटल सस्था नेपाली सेना माथिको प्रहार हो । बिभिन्न जटिल परिस्थितिमा समेत निश्पक्ष भएर जनताको पक्षमा उभिएको एक मात्र सस्थालाई कसरी धुमिल्याउने, कसरि बिवादित बनाउने भन्नेमा गिरोहहरु सक्रिय भएको उक्त सामाग्रीहरु हेर्दा र पढ्दा जो कोहीले अनुमान गर्न सकिन्छ । प्रजातन्त्र पश्चात प्राप्त भएको लोकतन्त्र अनि गणतन्त्र सगै देखिएका राजनैतिक विचलनहरुले देशलाई दिनानुदिन अस्थिर बनाउदै लगिरहेको छ । नेपालमा स्थिर सरकारको परिकल्पना नै हुन छाडेको बेला एक मात्र स्थिर संस्थाको रुपमा रहेको नेपाली सेनालाई बिभिन्न गिरोहहरु प्रयोग गरेर अस्थिर बनाउने कोशिष भएको छ । यस्तै गिरोहको अस्त्...
साउथ एसियन ट्राभल अवार्ड्स १९ सेप्टेम्बरमा नेपालमा हुने

साउथ एसियन ट्राभल अवार्ड्स १९ सेप्टेम्बरमा नेपालमा हुने

समाचार
काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम १९ सेप्टेम्बर २०२४ मा आयोजना हुने भएको छ । यस भेगका पर्यटन व्यवसायीबीच नेटवर्किङ अवसरका रुपमा समेत कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ । यस भेगको आतिथ्य क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू पुरस्कृत हुने समेत आयोजकको भनाइ छ । साटाको अघिल्ला संस्करणहरु दक्षिण एसियाका अन्य पर्यटकीय सहरमा आयोजना गरिएको थियो । जसमा श्रीलंकाको गल, भारतको मुम्बई र बैंगलौर, माल्दिभ्सको मालेसहितका सहर रहेका छन् ।...
जारको पानि बेच्ने गाडी र चालकमाथि सांघातिक हमला कम्पनिको गेट समेत तोडफोड

जारको पानि बेच्ने गाडी र चालकमाथि सांघातिक हमला कम्पनिको गेट समेत तोडफोड

समाचार
काठमाडौं । गए राति टोखा खड्का भद्रकाली ६ मा रहेको शुभ लक्ष्मी फुड एण्ड वेभरेजको गाडी र चालकमाथि सांघातिक हमला गरि कम्पनिको गेट समेत तोडफोड भएकोछ । बजारमा जारको पानि लिएर निस्किएको गाडीलाई सामाखुसी खरिकोबोट बाट नियन्त्रणमा लिई ग्रीन ल्याण्ड सम्म लगेर गाडीको चालकलाई घाँटीमा डोरीको पासो लगाई ज्यानमार्ने उदेश्यले कुटपिट गरेको र सो क्रममा बजारबाट संकलित केहि रकम समेत लुटीएको चालकले जनाएका छन् । १२ — १५ जनाको समुहमा आएका ब्यक्तिहरुले पानि उत्पादन गर्ने कम्पनिमा पुगेर कम्पनिको गेट तोडफोड गर्दै त्यहाँका कर्मचारीहरुलाई ज्यान मार्ने धम्कि दिएको कम्पनिका संचालक रबिन्द्र पाण्डेले जानकारी गराएका छन् । घटना घट्ना साथ चालकले टोखा प्रहरीमा जानकारी गराएको तथा कम्पनिको तर्फबाट प्रहरी प्रभाग बुढानीलकण्ठमा उजुरी दर्ता गराए पछि प्रहरी बृत महाराजागंजका डिएसपि अमर थापा क्षेत्रीको बिशेष पहलमा पाँच जना पक्राउ प...
ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

राजनीति, समाचार
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबाट बिभिन्न पेसा ब्यवसाय र अध्ययनको शिलसिलामा काठमाडौं आई बसेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्य तथा सदस्यहरुको संगठन ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिका दोस्रो भेलाले युवानेता ज्ञानेन्द्र गौतम लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ३५ सदस्य रहने कार्यसमितिमा १० जना पछि थप्नेगरि २५ सदस्यको समिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा राम तामाङ,बिसभाई तामाङ र बिष्णु तामाङ सचिव उद्धव दुलाल,सह सचिव ईश्वर दाहाल र चतुरमान तामाङ तथा कोषध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका हुन् । कार्यक्रममा बिशेष अतिथिको रुपमा सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठको उपस्थिति रहेको थ...
अनिवार्य बिमा गर्न ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको ब्यवसायीहरुलाई अनुरोध

अनिवार्य बिमा गर्न ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको ब्यवसायीहरुलाई अनुरोध

समाचार
काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय अत्यन्तै जोखिमपुर्ण ब्यवसाय भएकोले यसमा आबद्ध ब्यवसायी तथा कर्मचारीहरुको बिमा गर्नु भनेको आफ्नै जोखिम भार घटाउनुहो भन्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिले सबै ब्यवसायी तथा कर्मचारीहरुको बिमागर्न निर्देशन दिएको छ । आज ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रले आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यले बिमा गर्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिका संयोजक दिनेश बशिष्ठले नेको ईन्सुरेन्स कम्पनि र काठमाडौं जिल्लाबिच भएको सम्झौता र नेको ईन्सुरेन्सको कार्यबिधि बारे आधिकारीक धारणा राखेका थिए । कार्यक्रम पश्चिम क्षेत्रका सचिव राजेन्द्रकुमार कार्कीले सन्चालन गरेका थिए भने...
जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन: ताेमनाथ उप्रेती

जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन: ताेमनाथ उप्रेती

विचार, शिक्षा
काठमाडौं अध्यात्मको खास अर्थ आफूभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यथार्थ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो । स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यमबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । अध्यात्म व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिमवाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । आइन्स्टाइनले त अध...