वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन प्रमुख वाचक दीनबन्धु पोखरेलले समेत गरे वैकुण्ठधामलाई दान
नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज सम्पन्न भएको छ । २२ गतेबाट सुरु भएको महोत्सव आज सम्पन्न भएको हो । राप्ती तटको सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्य सहित सुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको दिनमा पनि ३० लाख बढी दानताहरुबाट दान प्राप्त भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिएका थिए । प्रवचनका क्रममा उनले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताए । आध्यात्मलाई भौतिक व...









