२०८१ मंसिर १७, सोमवार by तुफान न्यूज काठमाडौं । दाङमा जुवा खेलिरहेका १७ जना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१५ अमृत टोलमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यहाँबाट १ लाख ५२ हजार ५५ रूपैयाँ बरामद गरिएको छ।