१७ बैशाख २०८३, बिहीबार

Author: तुफान न्यूज

खोलामा डुबेर युवकको मृत्यु

खोलामा डुबेर युवकको मृत्यु

समाचार
काठमाडौं : सल्यानमा खोला डुबेर एक युवकको मृत्यु भएको छ।   दार्मा गाउँपालिका–३ बाझठानाका २५ वर्षीय काले पाण्डेको स्थानीय दार्मा खोलामा डुबेर मृत्यु भएको छ।   जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले खोलामा लुगा धुन गएका पाण्डेको बुधबार दिउँसो १ बजेतिर डुबेर मृत्यु भएको जानकारी दिए।   लुगा धुँदै गर्दा एक्कासी लडेर खोलामा डुब्न पुग्दा मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता बस्नेतले बताए।   ...
डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ

डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ

समाचार
काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्।     जिल्ला प्रहरी परिसर काठमाडौ‌ंको टोलीले एक जनालाई १४ वर्षपछि पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा घर भई गोंगबु बस्ने ४५ वर्षीय पेशलराज बुढाथोकी छन्।     उनीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाएको थियो। सोही साल फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो।       ...
नमस्ते ट्राभल एन्ड टुरिजम युएईका प्रबन्ध निर्देशक अर्याल सम्मानित

नमस्ते ट्राभल एन्ड टुरिजम युएईका प्रबन्ध निर्देशक अर्याल सम्मानित

समाचार
युएई ।नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले अर्याललाई सम्मान गरेका हुन् । धादिङमा जन्मिएर युएईलाई आफ्नो कर्मभूमि बनाएका अर्याल झन्डै २ दशक भन्दा देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्। नेपालीहरुका समस्यामा हरदम साथ दिदै आएका अर्याल देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई गर्ने, नेपाली उत्पादनको अन्तर्राष...
आज माघ १६ सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

आज माघ १६ सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीम...
नेकपाले काठमाडौंमा ´सि` ब्यापार केन्द्र स्थापना गरेकाे छ

नेकपाले काठमाडौंमा ´सि` ब्यापार केन्द्र स्थापना गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :नेत्रविक्रम चन्द ´विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ´सी व्यापार केन्द्र` स्थापना गरेको छ ।कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे । व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्यागी व्यवसायीहरूको सुझावको आधारमा भएको पनि बताए । यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाल...
किष्ट अस्पतालको शौचालयभित्र युवक मृत फेला

किष्ट अस्पतालको शौचालयभित्र युवक मृत फेला

समाचार
काठमाडौं। ललितपुरको किष्ट अस्पतालभित्रकै शौचालयमा एक युवक मृत फेला परेका छन्।       महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका ८ बिशुन्डोलका ३१ वर्षीय सन्दिप रावल मृत फेला परेका हुन् ।       साथीको बुबा बुरामी भएकाले उक्त अस्पतालमा भर्ना भएका थिए। बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । ...
धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ फेरि पक्राउ

धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ फेरि पक्राउ

समाचार
काठमाडौं। अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् ।   ] अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो ।   उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज दश हजार धरौटी बुझाएर रिहा भएकी हुन् ।   लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो ।   ...
अछामको  हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ

अछामको हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ

समाचार
काठमाडौं। अछामको ढकारी गाउँपालिकामा हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेको ।   घटनामा उनीहरूको संलग्नता हुन सक्ने आशंकामा प्रहरीेले उनीहरूलाई पक्राउ गरेको हो । यद्यपि हत्या नै हो भन्ने पुष्टि भइ नसकेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ ।   ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो ।   मृत भेटिएका दुबै किशोरी फुपू-भदै नाता पर्ने हुन् ।...
गैर राजनीतिक घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गर्दछाैं : समरजंग

गैर राजनीतिक घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गर्दछाैं : समरजंग

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टीको नेपालकाे केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले गैरराजनीतिक षड्यन्त्रकारी घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गरेकाे बताएका छन् । आज उनलेे एक विज्ञप्ति जारी गर्दै हिजो साझ केही अराजनीतिक समुहले श्रमिक कम्युनिस्ट पार्टी नेपाल विघटन भएको मिथ्या समाचारलाई लिएर त्यसको खण्डन गरेका छन् साथै उनलेे आफ्नाे पार्टी पंक्ति नियमित काम रहेको, राष्ट्रिय सम्मेलनकाे तयारीमा जुटेको समेत बताएका छन् । उनलेे पार्टी पंक्तिलाई एकताबद्ध भई नियमित कार्यमा डट्न र भ्रममा नपर्न समेत अपिल गरेका छन् । उनलेे जारी गरेको विज्ञप्ति यस्तो छ : “विचार एवम् क्रान्तिप्रति प्रतिबद्ध जनउत्तरदायी पार्टी श्रमिक कम्युनिस्ट पार्टी नेपालको नाम लिंदै वैचारिक रूपमा- मनोगत, पेटी बुर्जुवा तथा जातीय स‌ङ्कीर्णता बोकेका, दार्शनिक रूपमा- लाललफ्फाजी, राजनीतिक रूपमा अवसरवादी, गलत मह...
नेपाली बजारमा आज घट्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज घट्यो सुन–चाँदीको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।     ...