१ माघ २०८२, बिहीबार

Author: तुफान न्यूज

लागुऔषधसहित १० जना पक्राउ

लागुऔषधसहित १० जना पक्राउ

समाचार
काठमाडौं । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।     सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । ‘बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ’, उनले भने, ‘कै...
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

समाचार
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।   नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घन्टा विद्युत अवरूद्ध हुने भएको हो।   साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।   त्यहाँ पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ।   त्यस्तै ललितपुरमा युएन पार्क फिडर अन्तर्गत ...
महाराजगञ्जमा यसरी लाग्छ शनिबारे बजार

महाराजगञ्जमा यसरी लाग्छ शनिबारे बजार

समाचार
काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको 'लि शेर्पा रेस्टुरेन्ट' परिसरमा हरेक शनिबार 'लि शेर्पा फार्मर्स मार्केट' चल्दै आएको छ। यो बजार विगत १४ वर्षदेखि सञ्चालित छ।स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीको प्रोत्साहन गर्न यो बजार सुरू गरिएको हो। यहाँ स्वदेशीका साथै विदेशी ग्राहक पनि उल्लेख्य संख्यामा आउँछन्। शनिबारको यो बजारमा किसानले स्थानीय स्तरमा उत्पादन गरेका फलफूल, तरकारीहरू लगायत खानेकुरा बेच्न राख्छन्। त्यस्तै, नेपाली ब्रान्डका सामानहरू पनि पाइन्छ।   ...
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

समाचार
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् ।   प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखी काठमाडौंतर्फ आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
काठमाडौँ । भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी–२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । दुर्घटनामा परेका सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवारी उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ । ...
सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

समाचार
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । ...
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

समाचार
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।   शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।   मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।   जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो।   दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।   धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। स...
प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

Breaking News, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। पत्रकार महासंघले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए। ‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति हुनुपर्छ,’ अध्यक्ष दाहालले भने। उनले सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा आफूले नगरेको पनि दाबी गरे। ‘मैले कम्तिमा पनि पछिल्लो कार्यकाल भ्रष्टाचारका विरूद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरूद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले ब...
जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : "रमाइलो मेला २०८१" काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने "जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१" यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय । बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे । पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्था...
नेपालमा मंकी पोक्सको बढ्दो फैलावट

नेपालमा मंकी पोक्सको बढ्दो फैलावट

समाचार
 काठमाडौँ । मंकी पोक्सको अफ्रिकामा बढ्दो फैलावटको आकलन गरेपछि विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अगस्त १४, २०२४ मा नयाँ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो।   तर, नेपालमा पनि विशेष गरी विदेशबाट फर्कनेहरूमा एमपक्सको सङ्क्रमण बढेको देखिएको छ।   साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थाइल्याण्डमा रहेको डब्ल्यूएचओ सहयोगी केन्द्रमा संक्रमित व्यक्तिको नमूना पठाउने तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।   मंकी पोक्स एक दुर्लभ रोग हो जुन mpox भाइरसले गर्दा हुन्छ। गत हप्ता नेपालमा दोस्रो एमपक्स संक्रमण पुष्टि भएको थियो । तनहुँका ३६ वर्षीय पुरुषमा गत डिसेम्बर १९ मा साउदी अरबबाट फर्किएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।   त्यस्तै साउदी अरबबाट फर्किएका ४४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं...