काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर एकजना युवकले श्रेष्ठ दम्पतीमाथि गोली प्रहार गरे ।
पुस १३ मा राति घरमा प्रवेश गरेर ३७ वर्षीय साहिर शंकरले अर्जुन श्रेष्ठ र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय शंकरले श्रेष्ठ दम्पतीलाई दुई राउन्ड गोली प्रहार गरे । श्रेष्ठ परिवार र छिमेकीले प्रतिकार गर्दा शंकर पनि घाइते भएका छन् ।
अर्जुनको कम्मर भन्दा तल्लो भागमा र शान्तिदेवीको गाला र घाँटीमा गोली लागेको छ । अहिले तीनैजनाको उपचार हुँदै छ ।
व्यक्तिगत दुस्मनीका कारण शंकरले श्रेष्ठ दम्पतीलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उ...








